इटहरीः सुनसरी प्रशासनले प्रदेश एकमा कोरोना भाईरसको सक्रमित भेटिएपछि सुरक्षा निकायलाई हाईअलर्टमा राख्दै लकडाउनलाई कडा बनाएको छ । घर बाहिर आए कडा कार्वाही हुने प्रहरीले जनाएको छ ।
प्रदेश एकको उदयपुरमा रहेको मस्जिदमा एकै पटक १२ जना कोरोना भाईरसको सक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवार राती अवेरबाट सुरक्षा निकायलाई हाईअलर्टमा राख्दै लकडाउन कडा बनाएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले भने उदयपुरको मस्जिदमा रहेका १२ जना भारतिय नागरिकहरुमा कोरोना सक्रमणको पुष्टी भएपछि सुनसरीमा मानिसहरुको आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको बताए ।
सडकमा आज बिहानबाट सुरक्षाकर्मी र स्वास्थ्कर्मीहरुको बाहेक अन्य सवारी साधनहरु गुडन रोक लगाईएको छ, औषधी र दुध बिक्री गर्ने बाहेकका सम्पुर्ण पसलहरु समेत बन्द गरि सवै जिल्लावासीहरुलाई घरबाट बाहिर नआउन आवहन गरिएको प्रहरी उपरिक्षक पोखरेलले बताए ।

20200331_123923-600x365
प्रहरीले सर्वसाधरणहरुलाई गराएको जानकारीको अवज्ञा गरि घर बाहिर हिडडुल गरेको फेला पारे पक्राउ गरि आवश्यक कानुनी कारवाही गर्ने उपरिक्षक पोखरेलले बताए ।
नियम उलंघन गरिए आर्थिक जरिवाना सहित ६ महिनासम्म कैद सजाय हुने भएकाले कसैलाई पनि बाहिर ननिस्कन इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले नगरवासीमा अनुरोध गरेकी छन् ।
प्रहरीले धरान, इटहरी उपमहानगरपालिका चारै वटा नगरपालिका र ६ वटै गाउपालिकाका शहर, बजार, चौक तथा वस्तीहरुमा माईकिङ्ग गरि घरबाट अत्यावश्यक काम बाहेक बाहिर नआउन आम नागरिकलाई आग्रह गरेको छ ।
प्रहरीले कुनैपनि सवारीसाधन नचलाउन, खाद्यन्न, तरकारी लगायतका कुनै पसल नखोल्न र सडक बाटोमा हिडडुल नगर्न आवहन गर्दै सवै नागरिकले कोरोना भाईरसको महामारीबाट बच्ने उपायहरु अपनाउदै घर भित्र बस्न माइकिङ्ग गर्दै आग्रह गरेको छ ।