इटहरी / व्यक्ति कुटपिट तथा जग्गा विवादमा पक्राउ परेका तरहराका सिजन गुरूङलाइ प्रहरीले पुनः म्याद गरेर अनुसन्धान अघि बढाएकाे छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा तरूण दल सुनसरी सभापतीसमेत रहेका गुरूङलाइ जेठ ११ गते प्रहरीले पक्राउ गरेकाे थियाे ।

यस अघि उनलाइ दुइ पटक म्याद थपिसकेकाे छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठकाअनुसार अाज सुनसरी जिल्ला अदालतबाट निजलाइ थप अनुसन्धान गर्ने गरि म्याद थप गरिएकाे हाे । डिएसपी श्रेष्ठले उनि माथि लागेकाे अाराेपका बारे विस्तृतमा अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थप गरिएकाे जानकारि दिए ।

सम्बन्धित समाचार

यस्ताे छ सिजनगुरूङलाइ पक्राउ गर्ने कारण https://pradeshportal.com/news/view?id=34