बेलवारीः लकडाउनका बेला कुनै पनि उपभोक्ताले दैनिक उपभोग्य बस्तुको खरिद गर्दा फरक मुल्य तिर्न नपरोस् भन्ने उद्धेश्यले बेलबारी उद्योग वाणिज्य संघ बेलबारीले दैनिक उपभोग्य बस्तुको मुल्यमा एकरुपता कायम गरेको छ । दिनप्रतिदिन तिब्र रुपमा विश्वमा महामारीको रुपमा फैलिदै गईरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न सरकारले देशलाई लकडाउनका कारण बजारमा दैनिक उपभोग्य बस्त्ुको कृतिम अभाव र बढि मुल्यमा बिक्रिविरण हुन नदिन बेलवारी उद्योग वाणिज्य संगले बेलवारी भित्रका सबै पसलहरुलाई मुल्य सुचि सार्वजनिक गर्दै मुल्यमा एकरुपता ल्याइएको हो ।
केहि दिनदेखी बेलवारी नगरपालीका क्षेत्र भित्रका खाद्य किराना पसलहरुमा उपमेयर ढाकाकुमारी पराजुली सहितको अनुगमन टोलीले पटक पटक अनुगमन गरिरहेको छ । शुक्रवार बेलवारी नगरपालिका र ईलाका प्रहरी कार्यलयसंग समन्वय गर्दै बेलवारी उद्योग वाणिज्य संघले बजार अनुगमन गरे पश्चात मुल्यमा एकरुपता ल्याउने निर्णय गरेको बेलवारी उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र प्रसाद सुवेदीले बताए । फरक फरक पसलमा फरक फरक मुल्य रहँदा उपभोक्तालाई असजिलो भएकाले उपभोक्ताको हितमा र व्यवसायीहरुलाई पनि विक्रिवितरण गर्न सजिलो होस् भनेर जिल्लामै पहिलो पटक मुल्यमा एकरुपताको निर्णय हामिले लागुगरेको उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेशजंग कार्कीले बताए ।
शनिवार बेलवारी उद्योग वाणिज्य संघ बेलवारीले एक विज्ञप्ती जारी गर्दै लकडाउन अवधीमा कुनै पनि उपभोक्ताले महंगोमा दैनिक उपभोग्य खाद्य सामग्रीको खरिद गर्नु नपरोस् भन्दै मुल्यमा एकरुपता ल्याउन बेलवारी नगरपालीका, इलाका प्रहरी कार्यलय र बेलवारी उद्योग वाणिज्य संघको संयुक्त रुपमा भएको बजार अनुगमन बाट निम्न खाद्य वस्तुको निम्न मुल्य निर्धारण गरेको बेलबारी उद्योग  बाणिज्य संघका महासचिव बिवेक मिश्रले बताए । खाद्य सामग्रीको जारी गरिएको खाद्य सामग्रीको मुल्य भन्दा बढि कुनै पसलले लिईएको पाईएमा तुरुन्तै उद्योग वाणिज्य संघ अथवा बेलवारी नगरपालीका अथवा प्रहरी कार्यलयमा खवर गर्न अनुरोध गरेको छ ।

यस्तो छ, बाणिज्य संघले शनिवारदेखि कायम गरेको दैनिक उपभोग्य बस्तुको मूल्यसूचिः 

 १) कान्छी मन्सुली चामल(नयाँ)– ४० प्रति केजी
२) कान्छी मन्सुली चामल(पुरानो)–४२ प्रति केजी
३) नुन – २२ प्रति केजी
४) चिनी – ८० प्रति केजी
५) चिउरा– ६० प्रति केजी
६) तोरी तेल – ९५ एक पोका
७) रिफायन तेल – ८० एक पोका
८) मैदा –६० प्रति केजी
९) चना–११० प्रति केजी
१०) हरियो मटर–१२२ प्रति केजी
११) भुजा – ८० प्रति केजी
१२) मुसुरो दाल – १२० प्रति केजी