इटहरीः लकडाउनको मौका कुनै पनि व्यपारीले कालोबजारी गरेको उजुरी आए उसका विरुद्ध कडा कदम चाल्ने चेतावनी उद्योग वाणिज्य संघ इटहरीले दिएको छ । बाणिज्य संघका महासचिव पिताम्बर पोख्रेलले आइतवार एक प्रेस विज्ञप्ती प्रकाशन गरि सो चेतावनी दिएका हुन् । उनले नेपाल सरकारले तोकेका नियम र परिधिभित्र बसेर आफ्नो व्यावसाय सञ्चालन गर्न सबै उद्योगी व्यासायीहरुमा अनुरोध गरेका छन् । व्यावसाय सञ्चालन गर्दा अनैतिक, मार्यादाहिन र कानून विपरितका काम कसैबाट भएमा त्यसविरुद्ध संघले कडा कदम चाल्ने उनीद्धारा प्रकाशित विज्ञप्तीमा भनिएको छ । बाणिज्य संघले कसनै व्यवसायीले कालो बजारी जस्ता अबाञ्छित गतिविधि गरेको भए तत्काल खबर गर्न नगरबासीहरुमा अनुरोध पनि गरेको छ ।
इटहरी बजारमा विगतमा कतिपय व्यवसायीहरुले यस्ता संकटका बेला कालोबजारी गरेको पाइएको तर लकडाउको अवधिमा विगतका दिनहरुमा जस्तो कालोबजारी गरिएको भन्ने सूचना प्राप्त नहुनुलाई सुःखद पक्ष रहेको महासचिव पोख्रेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
वाणिज्य संघले बिषम परिस्थितिमा इटहरीमा घरभाडा लगाउनुहुने घरधनीहरुलाई घरभाडामा सहुलियत दिन र बैक तथा वित्तिय संस्थाहरुलाई ऋण, ब्याजमा सहजीकरण गर्न पनि अनुरोध गरेको छ । संघले बित्तिय संस्थाहरुको ब्याज तथा नेपाल सरकारलाई बुझाउनुपर्ने कर छुट समय अनुकुल नभएसम्मको लागि सहजीकरण गरिदिन पनि नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश–१ मार्फत प्रदेश–१ सरकार तथा नेपाल उद्योग बाणिज्य महासंघ मार्फत् नेपाल सरकारलाई अनुरोध गरिसकेकोे बताएको छ । अनुरोधका बाबजुद घरधनीले घरभाडा तिर्न र वित्तिय संस्थाहरुले ऋण तिर्न कुनै किसिमको दबाव दिएमा उद्योग बाणिज्य संघ इटहरी त्यस्ता समस्या हल गर्न सधै तयार रहेको महासचिव पोख्रेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
महासचिव पोख्रेलले विज्ञप्ती मार्फत लकडाउनका बेला सबै नगरबासीलाई अत्यावश्यक सामाग्रीहरू उपलब्ध गराई उद्योगी ब्यावासायीहरुले पु¥याउनुभएको योगदानप्रति उद्योग बाणिज्य संघ इटहरीले प्रशंसा व्यक्त गरेको जनाएका छन् ।