इटहरीः लकडाउनको अबधि भित्र प्रदेश एकमा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ ।
लकडाउनको उल्लघंन गर्ने ४ हजार २ सय ३५ वटा सवारी साधनलाई कार्बाहीमा परेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । लकडाउन उल्लघंन गर्ने सवारीसाधन मध्ये सबै भन्दा धेरै मोटरसाइकल रहेका छन् । यस अबधिमा ३ हजार १४ वटा मोटरसाइकललाई कार्बाहीमा परेको प्रहरीले जनाएको छ ।
लकडाउन उल्लङ्घन गर्दै सवारी चलाउने प्रदेश नं. १ को १४ जिल्ला मध्ये सबै भन्दा बढी तराईका झापा, मोरङ, सुनसरी जिल्ला भएका छन् ।
प्रदेश नं. १ को इलाम जिल्लामा एउटा पनि सवारी कारबाहीमा नपरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर सरकारले लकडाउन घोषणा गरे पछि सर्बसाधरणलाई सुरक्षित रहनका लागि प्रदेश एक भरी २ हजार ४ सय ५५ वटा रोडमाईकिङद्धारा प्रचार गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।