इटहरीः इटहरी २० तरहराको जंगलमा लुकेर बसेका ११ भारतीय नागरिकलाई इटहरी प्रहरीले मंगलवार फेला पारेको छ । तरहराको जंगलमा फेला पारिएका ११ जना भारतीय नागरिक मुस्लिम समुदायका भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । स्थानीय बासिन्दाको सूचनाका आधारमा प्रहरीले मंगलबार उनिहरुलाई तहराको जडीबुटी प्रशोधन केन्द्र नजिकबाट फेला पारेको हो ।
उनिहरु चैत्र ८ गते नै सो स्थानमा आएको र लकडाउनका कारण त्यही बस्दै आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपि धर्मराज भण्डारीले बताए । उनका अनुसार ११ भारतीय नागरिकहरु खोटो संकलनका लागि भोजपुर तर्फ हिडेको तर लकडाउनका कारण सवारी नचल्दा रोकिएर तरहराको जंगलमा बसेको बताए ।
उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिई इटहरी अस्पतालमा र्यापिड टेष्ट गराई जनता बहुमुखी क्याम्पसमा निर्माण भएको क्वारेन्टाइनमा लगिएको डिएसपि भण्डारीले जानकारी दिएका छन् ।