पाँचथरः पाँचथरको मिक्लाजुङ गाउँपालिका २ सराङडाडा बस्ने एक सात महिनाकी गर्भवती महिलाको रहस्यमय मृत्यु भएको छ । बतासे निवासी मुना पौडेलको शब झुन्डिएको अवस्थामा फेला परेको छ । उनि सात महिनाकी गर्भवती भएको प्रहरीले जनाएको छ ।
दुई सन्तानकी आमा समेत रहेकी मुनाको शब घर नजिकै रहेको टाँकीको रुखमा प्लाष्टिको डोरीमा झुन्डिएको अवस्थमा फेला पारिएको हो । झुण्डिएको मुनाको शरिरका बिभिन्न स्थानमा प्रष्ट देखि आलो निलडाम हुनुका साथै अनुहार भरी चोटै चोट रहेको माइती पक्षले जनाएका छन् । उनको अनुहार पुरै खुनले लत्तपत्तिएकाले उनको हत्या पछि रुखमा झुण्डाएको माइती पक्षको दावी छ । मुनाको हत्या नै भएको उनका मामा दुर्गा बहादुर थापाले बताए । उनले आफै भुण्डिएकाको शरीर भरी निल डाम र अनुहारमा लत्तपत्तिएको रगत सहित चोटै चोट कसरी हुन्छ ? भन्ने प्रश्न गरेका छन् । उनका अनुसार मुनाको पछाडीको कपालले अगाडी आएर अनुहार छोपीएको थियो ।
मुनाको विवाह भएदेखि नै परिवारमा नराम्रो सम्बन्ध भएको माइती पक्षको भनाई छ । मुनाले आफुलाई घर परिवारले बारम्बार मानसिक तथा शारीरीक यातना दिने गरेको जानकारी माइती पक्षलाई दिदै आएको मामा थापाले बताए ।
मृतक मुनाका मामा दुर्गा भन्छन् –‘भान्जीलाई सासु, ससुरा र ज्वाइले बारम्बार कुटपिट गरी घर बस्न नसक्ने अवस्थामा पारेपछि गत फागुन १४ गते माइती घर आएकी थिइन् । गत बैसाख ३ गते ज्वाइ ससुराली आई सम्झाइ बुझाइ घरबाट लिएर गएका थिए । तर त्यसको तीन दिन बित्न नपाउँदै भान्जी झुन्डिएको अवस्थामा फेला परेको खबर आयो । भान्जीले आत्महत्या गरेकी होइन, शब र घटना स्थलको प्रकृति हेर्दा उनको हत्या नै भएको हो ।’
भान्जी मुनाको मृत्यु शंकास्पद भएपछि आवश्यक छानविन र कार्वाहीको माग राखि प्रहरी कार्यालयमा निवेदन दिएको थापाले बताए । पौडेलका श्रीमान जीवन अधिकारीले श्रीमतिले आत्महत्या गरेको दावी गरेका छन् । उनले प्रहरीलाई दिएको बयानमा सो दावी गरेका हुन् । मृतक पौडेलको शब पोष्टमार्टमका वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ । माइती पक्षले छानविनको लागि प्रहरीमा उजुरी गरे भएपनि पोष्टर्माटम रिर्पोट आएपछि मात्र मुनाको हत्या कि आत्महत्या भन्ने स्पष्ट हुने जिल्ला प्रहरी कार्यालय पाँचथरको भनाई छ ।

उनले प्रहरीलाई दिएको बयान यस्तो छ
परिवारका सबै सदस्यहरु खाना खाएर सुतेका थियौं । बिहान ओछ्यानमा म संग सानो छोरा मात्रै थियो । उठेर बाहिर हेर्दा घर छेउको टाँकीको रुखमा झुन्डिएको अवस्था श्रीमती फेला परिन् । परिवासंग छुटिएर नजिकै हामी बस्दै आएका थियौ ।
घट्ना घटेको साँझ म बुबाको कोठामा टीभी हेरेर आफ्नो कोठामा फर्किदाँ उनि निदाइसकेकी थिइन् म पनि श्रीमती सुतेको खाट छेउको खाटमा सुतेको थिए । बिहान हेर्दा ओेछ्यानमा नभएपछि पानी लिन गइन् होला भन्ने लागेर उठेर हेर्दा झुन्डिएको अवस्थामा श्रीमतीलाई देखी हल्ला खल्ला गरी प्रहरीलाई खबर गरेको हुँ ।
श्रीमतिको बुबा आमासंग बिवाद भएपछि छुटिएर एउटै घरमा बस्दै आएका थियौं । श्रीमतीसंग कहिले काही झगडा हुने गरेको चाँही साचो हो । घरमा झगडा भएपछि श्रीमती माइती गएकी थिइन । माइत गएकी श्रीमतीलाई बैसाख ४ गते लिन जाँदा त्यहाँका गाउँ समाजसंग झगडा नगर्ने भनी कागज समेत गरेर श्रीमतीलाई लिएर आएको हुँ । तर त्यसपछि उनलाई मैले कुनै खालको यातना दिएको थिइन् ।