इटहरी: इटहरी खानेपानी संथामा कार्यरत तथा युनियनमा आबद्ध कर्मचारीले आफ्नो तलबको केही रकम इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई ५१ हजार ८ सय ५ रुपैंया प्रदान गरेको छ ।
इटहरी खानेपानी उपभोक्ता संस्थामा कार्यरत कर्मचारीहरुले आफ्नो तलबको ३ दिन बराबरको रकम कोषमा जम्मा गरेको इटहरी खानेपानी संस्था कर्मचारी युनियन इटहरीका अध्यक्ष राजु दंगालले बताए ।
चेंक संस्थाका अध्यक्ष दंगालले इटहरीका मेयर द्धारिकलाल चौधरीलाई नगद हस्तान्तरण गरेका हुन् । चेंक हस्तान्तरण कार्यक्रममा खानेपानी कार्यालयका ब्यबस्थापक हरिबहादुर कटुवाल लगायत अन्य कर्मचारीका साथै संस्था पदाधिकारीहरु समेतको सहभागीता रहेको थियो ।
अहिलेको जटिल संकटमा इटहरीवासीलाई राहतको कुनै कमि हुन नदिनका लागि सहयोग पुर्याउने उद्धेश्यले खानेपानी संस्थाका कर्मचारीबाट सो रकम प्रदान गरिएको अध्यक्ष दंगालको भनाई छ ।