इटहरी: इटहरीका एक युवाले आफ्नो घरको १५ वटा कोठाभाडामा बस्ने ब्यक्तिहरुबाट एक महिना बराबरको रकम नलिने बताएका छन् ।
इटहरी १२ खनार घर भएका सुनिल चौधरीले देशको बिषम परिस्थितिलाई ध्यान दिदैं चैत्र महिना भरिको करिब ८० हजार बराबरको रकम नलिएका हुन् ।

चौधरीले भने ‘यस विषम परिस्थितिलाई मध्यनजर गर्दै ज्याला मजदुरी गरी जीविकोर्पाजन गरी मेरो घरमा जम्मा १५ वटा कोठामा अस्थायी (डेरामा) बसोबास गर्नुहुने सम्पुर्ण महानभावलाई बिगत एक महिनाको भाडा निशुल्क गरेको छु ।’