विराटनगरः कोरोन भाईरसको संक्रमण जोखिम घटाउन सरकारले लकडाउन आह्वान गरेपनि प्रदेश नम्बर १ को राजधानी विराटनगरमा केही दिनयता चरम उलङ्घन हुन थालेको छ ।
विराटनगरका गल्लीगल्ली र सडकहरुमा कारदेखि मोटरसाइकलहरु लाम ला गेर गुडेको दृश्य देख्न थालिएको छ। बजारमा सिटी रिक्सामा समेत मानिसहरु आउजाउ गर्न थालेका छन् ।
गृहमन्त्रालयले मातहतका निकायलाई सोमबार परिपत्र गरेर पासबाहेकका सवारीलाई कडाइ गर्न निर्देशन दिएको छ । तर, विराटनगरको अवस्था ठिक विपरीत छ । सडकभरि बाइक र गाडी दौडिएका छन् ।
प्रदेश १ को राजधानी तीनपैनी चौक, मेनरोड, शनिबाट, महावीरचौक, बरगाछी रोडशेष चौक जस्ता सडकहरुमा समेत सवारी साधन ठूलै संख्यामा गुड्न थालेको देखिन थालेको छ ।
यस्ता दृश्यका कारण विराटनगरमा लकडाउनको आभाष नै हुन छाडेको छ । मानिसहरु बिना रोकटोक सवारी पासबिनै पनि मोटरसाइकल र कारसमेत चलाउन थालेका छन् ।
साना गाडीहरु प्रशस्तै मात्रामा विराटनगरका सडकमा गुड्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले भने सवारी साधनका चालकलाई कार्वाही गर्ने क्रमलाई बढाइएको दाबी गरेको छ ।
सरकारले अतिआवश्यक सेवाबाहेकका सवारीसाधन पासबिना गुड्न रोक लगाएको छ । तर केही दिनयता विराटनगरको अवस्था भिन्न छ । मानिसहरु ग्वारग्वार्ती सवारी द्यष्पभ नबमष् ज्ञ (घ) (ज्ञज्ञ)लिएर सडकमा निस्कन थालेका छन् ।गल्ली र भित्री सडकहरुमा त लकडाउनको आभाष नै हुन छाडेको छ ।
मोरङ प्रहरीको तथ्यांकअनुसार लकडाउन शुरु भएयता जिल्लामा जम्मा २ हजार ८ सय १० सवारी साधन कार्वाहीमा परेका छन् । २ हजार ७ सय ९ सवारी छाडिएको छ ।
एकसय एक छाड्न बाँकी छ । सबैभन्दा धेरै मोटरसाइकल १ हजार ८ सय २६ ले लकडाउन उलंघन गरेका छन् । टेम्पो ८९, टिफर ट्याक्टर ६३, कारजीप २९ र साइकल ८ सय ९ लाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कायालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार यो अवधिमा जिल्लामा बाहिरबाट उद्दार भई जम्मा १ हजार २ सय ८५ जना भित्रिएका छन् ।
प्रहरीले जम्मा मानिस जम्मा १ हजार ४ सय ३० जना कार्वाहीको दायरामा ल्याएको छ । प्रहरीले कार्वाही गरेपनि सामाजिक दूरी कायम नहुने गरी सवारी साधन चल्ने क्रम भने झन् बढेको छ ।