विराटनगर/ रोजगारी दिलाउने प्रलोभनमा पारेर दुई नाबालक छोरासहित भारत पुर्याइएकी माेरङकि एक महिलाको उद्धार गरेर नेपाल फर्काइएको छ।
माेरङकाे सुनवर्षी नगरपालिका–४ का ३० वर्षिय शिव यादवले सुनसरीको भन्टाबारी नाका हुँदै गत बैशाख २७ गते भारत पुर्याएका थिए ।
नाबालक छोरासहित आमा हराएको सूचना पाएपछि प्रहरीसहितले उनको खोजि सुरु गरेको थियो । खोजि गर्दै जाने क्रममा भारतको हिमाञ्चल प्रदेशबाट उनलाई तीनदिन अगाडी उद्धार गरी बिहीबार नेपाल ल्याइएको हो ।
पीडित महिलाले आफूलाई भारत पुर्याउने यादव विरुद्ध इलाका प्रहरी कार्यालय पथरीमा अपहरण, शरीर बन्धक र जर्बरजस्ती करणी गरेको आरोपमा जाहेरी दिएकी छिन ।
प्रहरी निरीक्षक विकास श्रेष्ठका अनुसार ७ र ५ वर्ष उमेरका नाबालक छोरा पीडित महिलालाई सुनसरी भन्टाबारी नाकामार्फत भारतको पटना, हरियाणा हुँदै हिमाञ्चल प्रदेश पुर्याएका थिए ।