इटहरीः आजबाट बिहान ७ बजेदेखि १० बजेसम्म बजार खोल्ने निर्णय इटहरी उपमहानगरपालिकाले गरेसंगै इटहरीको हाटखोला क्षेत्रमा थामिनसक्नु गरि भीड लाग्यो । इटहरी उपमहानगर, उद्योग वाणिज्य संघ र नागरिक समाज समेतको सहभागीतामा अति आवश्यक खाद्यन्नका सामाग्रीका पसलहरु खोल्ने तर सामाजिक दुरीलाई ध्यानमा राखेर मात्र किन बेचको कार्य गर्ने भन्ने निर्णय गरिएपनि सो क्षेत्रमा थामिनसक्नु भिड भएको हो ।
हिजो इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैंठकले आजबाट खाद्यन्न,फलफुल, तरकारीका पसलहरु खोल्न निर्णय सहित प्रशासनसंगलाई जानकारी गराउने निर्णय भएको थियो । बैंठकले आजबाट खोलिने पसलहरु निर्णय भए अनुसार एक घरबाट एक जना सवारी साधन नलिई आलो पालो स्टममा सामाजिक दुरीलाई ख्याल गरि किन बेचको काम गर्ने र सो अनुसार भए नभएको इटहरी उपमहानगरपालिका, वाणिज्य संघ , नागरिक समाजले प्रहरी प्रशासनको समेत साथ लिएर अनुगमन गर्ने निर्णय भएको थियो । तर, हाटखोला क्षेत्रमा आज बिहानबाटै १० बजेसम्म नगरपालिकाले बनाएको नियमको पालना नै नगरि जथाभावी भिड बढाएर सामान खरिद बिक्री भएको थियो । लडकडाउन अघि सो क्षेत्रमा बुधबार र आइतवार लाग्ने बजारमा जस्तो भिड हुन्छ, त्यही अनुसारको भिड लागेको थियो ।
भिड बढेपनि सो क्षेत्रको अनुगमन गर्न न त इटहरी उपमहानगरपालिका नै आयो न त वाणिज्य संघ । सो क्षेत्रमा कुनै पनि निकाय अनुगमन गर्न नआएकाले पसल संचालक र खरिद कर्ताहरुले सामाजिक दुरीको ख्याल नै नगरि भिड गरि सामानको खरिद बिक्री गरेका थिए ।
उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलले हाटखोलको हकमा सबै जना चुकेको बताए । उनले वाणिज्य संघ सहित इटहरी उपमहानगरले हिजो नै समाजिक दुरीलाई ख्यालमा राखि खरिद बिक्री गर्नु भनेर सबैलाई जानकारी दिएपछि पसल संचालक र खरिद कर्ताहरुले पनि बुझ्नु पर्ने बिषय भएको बताए । उनले भने –‘सबै तिर अनुगमन गर्न न वाणिज्य जान सक्छ न इटहरी नगरपालिका न त प्रहरी नै । उनले हाटखोलामा रहेका सचेत नागरिकहरुले पनि यो कुरालाई बिचार गरेर भिड गर्नेहरुलाई सम्झाउन सक्थे । तर, वहाँहरुबाट त्यो भएन ।’ उल्टै सामाजिक संजालमा फोटो खिचेर पोष्ट गर्ने काम मात्र भएको उनले बताए । उनले यस्ता कार्य सबैको सहकार्य र सहयोगले मात्र नियन्त्रणमा आउने उनको भनाई छ ।
उनले भने ‘वाणिज्य संघका केही प्रतिनिधिहरु धरान लाईनको गोरखा डिर्पामेन्ट स्टोरतिर अनावश्यक भिड बढेपछि त्यसलाई व्यवस्थापन गराउन तर्फ लाग्यौं । हाटखोला तिर जान नै समय पनि भएन । भोलिबाट इटहरीका सबै क्षेत्रमा सामाजिक दुरीलाई ध्यानमा राखेर खरिद बिक्रीको कार्य गर्नका लागि व्यवस्थापन गर्न वाणिज्य संघ पनि लाग्छ ।’
उनले अब सधैभरी बजार बन्द गराएर पनि नहुने जिकिर गरे । उनले भने‘अब यत्रो दिन भयो । कोरोना संक्रमण हुने भए भईसक्थियो । इटहरी भन्दा बाहिरकालाई चाँही प्रवेश दिनमा कडाई गर्नुपर्छ । तर इटहरीका स्थानीयहरु बजार निस्केर सामाजिक दुरीलाई ख्याल गरि सामान खरिद बिक्री गर्दा केही फरक पर्दैन ।’