इटहरीः भारतीय बन्दुकधारीले गोली प्रहार गरी सुनसरीको हरिनगराका एक जना शिक्षकको हत्या गरेका छन् । स्थानीय रोहियन बोर्डिङ स्कुलका प्रिन्सिपल खुसीद आलमको हत्या भएको जनाइएको छ । घटनामा प्रहरी जवान शिवलाल पौडेल घाइते भएको र उनलाई उपचारका लागि विराटनगर लगिएको बताइएको छ ।

harinagari goli   (1)

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका बन्दुकधारीले शिक्षकमाथि गोली प्रहार गरेका थिए । नेपाली प्रहरीले बन्दुकधारीलाई रोक्दारोक्दै प्रहरीकै अघि उनले शिक्षकमाथि गोली हानेको स्थानीयले बताए । गोली प्रहारपछि बन्दुकधारी भारततर्फ भागेको स्थानीयको भनाइ छ ।

घटनाको पुष्टि गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले घटनापछि बोर्डर सिल गरिएको बताए । घटनाको बारेमा अनुसन्धान गर्न भारतीय सीमा सुरक्षा बल एसएसबीसँग अनुरोध गरिसकिएको उनले बताए ।

घटनाको थप विवरण आउन बाँकी छ ।