इटहरीः मुटुको जटिल शल्यक्रियापछि उत्तर कोरियाका राष्ट्रप्रमुख किमजोङ उनको मृत्यु भएको बिभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले खबरहरु प्रकाशन÷प्रशारण गरिरहेकै बेला २० दिनपछि उनि एक कार्यक्रम मार्फत सार्बजनिक भएका छन ।
१२ अप्रिलयता उनि हिजो पहिलो पटक सार्बजनिक भएका हुन । आफ्ना हजुरबुबाको स्मृतिमा आयोजित कार्यक्रम अन्य सार्बजनिक कार्यक्रममा सहभागि नभएका उनी गम्भिर विरामी परेको र उनको मृत्यु भएको आशंका सहितका समाचारहरु सार्बजनिक भएका थिए । कतिपय सञ्चारमाध्यमहरुले उनि जीवित रहेको र शल्यक्रियापछि आराम गरिरहेको खबर सार्वजनिक गरेका थिए । अमेरिका र चिनिया गुप्तर संस्थाहरुले उनि जीवित रहेको तथ्य बाहिर ल्याएका थिए ।
उनि२० दिन पछि सार्बजनिक कार्याक्रममा देखिएको कोरियन सेन्ट्रल न्यूज एजेन्सीलाइ उदृत गर्दै बीबीसीले जनाएको छ । शुक्रबार शीर्ष नेताहरुसहित उपस्थीत भएका उनले रिबन काटेको बीबीसीले जनाएको छ । उनि सार्वजनिक भएसंगै उत्तर कोरियाली जनताको खुसी सिमा नाघेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । साथै उनको मृत्युको खबरले विश्वभरीका उनलाई मनपराउनेहरुपनि उनि जीवित रहेको खबरले कम खुसी नरहेको ती संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।