धरानः विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि भएपछि सरकारले गरेको लकडाउनको अवधीमा समस्यामा परेका ५० जना अति विपन्न सुनचाँदीका मजदुरहरुलाई नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च सुनसरी शाखा धरानले धरान २ स्थित रत्नरोडमा राहत सामाग्री वितरण गरेको छ ।
धरान कार्यक्षेत्र वनाएर सुनचाँदीका गरगहना वनाउने ४० जना र राहत वितरण हुँदैछ भन्ने थाहा पाएर आएका अन्य १० जना गरि जम्मा ५० जनालाई राहत सामाग्री वितरण गरेको हो ।
कोराना भाइरस ( कोभिड–१९ं) को कारण विगत १ महिना १० दिनदेखी सरकारले लकडाउन गरेको समयमा दैनिक काम गरेर गुजारा चलाउने सुनचाँदी कालिगढहरुलाई जिविकोपार्जनको लागी समस्या पर्न थालेपछि राहत प्रदान गरिएको हो । व्यवसायी मञ्चले ५ सय केजी चामल, आलु , दाल, तेल,नुन र चाउचाउ गरी जम्मा ४२ हजार वरावरको राहत सामाग्री वितरण गरेको हो ।
राहत सामाग्री वितरण धरान उपमहानगरपालीका वडा नं.२ की जनप्रतिनिधि (सदस्य) बुना विश्वकर्माको उपस्थितिमा भएको हो । संस्थाका अध्यक्ष वालकुमार शंकरले राहत सामाग्री वितरण गर्दै हाम्रो सस्थाका ४० जना कालिगढहरुलाई यो लकडाउनको समयमा समस्या नहोस भन्ने उदेश्यले राहत सामाग्री वितरिण गरिएको वताएका छन ।
संस्थाका महासचिव प्रकाश वराइलीले सुनचाँदी पेसा तथा व्यवसायमा काम गर्ने मजदुरहरु सबैभन्दा राम्रो कमाइ हुन्छ भन्ने भ्रम भएको तर यथार्थ त्यस्तो नभएकाले दैनिक काम गरेर जिविकोपार्जन गर्ने कालिगढहरुलाई पनि लामो समय लकडाउन भएर समस्या पर्न थाले पछि राहत वितरण गरिएको वताए ।
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च सुनसरीका सल्लाहाकार तथा नेपाली कांग्रेस धरानका सचिव युवराज शंकरले अझै लकडाउन बढेर गएमा संस्थामा आवद्ध कालिगढहरुलाई पुनः समस्या आएमा थप राहतको व्यवस्था गरिने बताए । संस्थाकी उपाध्यक्ष मिरा धमलाले सुनचाँदी कालिगढहरु पनि अन्य क्षेत्रका मजदुर जस्तै भएको र उनिहरुबाट बिहान बेलुकै हातमुख जोड्न गाह्रो भएको भन्ने गुनासो आएकाले राहत वितरण गरेको वताइन् ।

94779192_2570490896496586_3841444605245521920_n