इटहरीः आतंकवादीसंगको भिडन्तमा एक जर्नेल सहित ५ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारत पाकिस्तानको सिमा क्षेत्र कश्मिरमा शनिवार साँझ भएको दोहोरो भिडन्तमा सेनाको २१ राष्टिय राइफल्सका कमान्डिगं अफिसर आशुतोष शर्मा सहित ५ जनाको मृत्यु भएको दैनिक भास्करले जनाएको छ ।
भिडन्तमा सेनाको गोली लागि दुई जना आतंकवादीको समेत मृत्यु भएको छ । आतंकवादी लुकेको सूचनाका आधारमा उत्तरी कश्मिरको एकघरमा सेनाले आक्रमण गरेको थियो । आतंकवादीहरुले ती घरका सदस्यहरुलाई बन्धक बनाएकाले उनिहरुको उद्धारका लागि भारतीय सेनाले आक्रमण गरेको भारतीय संचारमाध्यमहरुले दावी गरेका छन् ।
हन्दवडाको छाँजीमुल्लाहमा शनिवार दिउँसो साढे ३ बजेदेखि दोहोरो भिडन्त भएको थियो । आतंकवादीको गोलि लागि मारिने भारतीय सेनाका मेजर अनुज, एक लायन्स र अर्का एक नायक रहेका छन् । सो घटनामा प्रहरीका सब इन्सपेक्टर सकिल काजीलेपनि ज्यान गुमाएका छन् । भिडन्तपछि आतंकवादीहरुले बन्धक बनाएका ती घरका सदस्यहरुलाई सुरक्षाकर्मीहरुले मुक्त बनाएका छन् ।
भारतको इलाहावाद निवासी सेनाका कर्नेल आशुतोष शर्माले गत बर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए । उनि गार्डस् रेजिमेन्टसंग आवद्ध थिए ।