इटहरीः सुनसरीको हरिनगरा– २ भुटाहामा आज हत्या गरिएका खुर्सिद आलमको हत्याको नेकपाले भत्र्सना गरेको छ । नेकपाका जिल्ला नेतासमेत रहेका आलमको हत्याको विरोधमा पूर्व एमाले र पूर्व नेकपा माओवादी केन्द्रका सुनसरी प्रमुखले संयुक्त हस्ताक्षर गर्दै विज्ञप्ति निकालेका छन् ।

विज्ञप्तिमा नेपाल सरकारसँग तीन वटा माग गरिएको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषी पत्ता लगाउन उच्चस्तरीय आयोगको निर्माण गर्न, भुटाहा क्षेत्रको शान्ति स्ुरक्षा मजबुत बनाउन र मृतक आलमलाई राज्यले सम्मान गर्दै परिवारलाई उचित क्षतिपूर्ति दिन नेकपा सुनसरीले माग गरेको छ ।

पूर्व एमाले जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत र पूर्व माओवादी केन्द्रका कार्यवाहक जिल्ला संयोजक योगेन्द्रप्रसाद मण्डलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । घटनास्थलमा प्रहरी ४५ मिनेट ढिलो पुगेको भन्दै प्रहरीको ढिलासुस्तीप्रति पनि विज्ञप्तिमा विरोध गरिएको छ ।

Document 4_2_2