इटहरीः हिजो राती इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीसंग जोडिएको घटनाका बिषयमा नेपाली कांग्रेस नगर समितिले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
कांग्रेस नगर समिति इटहरीका नगर सभापति हेमकर्ण पौडेलले एक प्रेश विज्ञप्ती प्रकाशित गरि सो कुरा जनाएको हो ।
लकडाउनका बेला अति विपन्न परिवारलाई राहत प्रदान गर्नुको साटो इटहरी सरकारका प्रमुख द्धारिकलाल चौधरीलाई जोडेर आएको बिषयमा यर्थाथ कुरा पत्ता लगाई सार्वजनिक गर्न संघीय , प्रदेश सरकार र प्रहरी प्रशासनसंग माग पनि कांग्रेसले गरेको छ ।
इटहरी उपमहानगरपालिका उप मेयर सहित केही जिम्मेवार व्यक्तिहरुले सामाजिक सञ्जालमा समेत उल्लेख गरेको बिषय भएकाले घटनाका बारेमा छानविन गरि दोषी उपर कानूनी कार्वाही गर्न कांग्रेसले माग गरेको छ ।
मेयर जस्तो जिम्मेवार व्यक्तिले आफ्नो पदीय जिम्मेवार भुलेर जनतालाई धोकाधाडी नेपाली कांग्रेसलाई सह्य नहुने प्रकाशित प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानीयका अनुसार इटहरीको बालग्राम चौंक उत्तरमा रहेको जयनेपाल चौंकमा केही दिनअघिबाट मेयर द्धारिकलाल चौधरी एक महिला मात्र भएकी घरमा दैनिक रुपमा धाउँदै आएका थिए । हिजो साँझ पनि उनि त्यहाँ पुगको थिए । उनि पुगेको केही समयपछि इटहरी उपमहानगर कार्यपालिका सदस्य दुखीलाल चौधरी कुखुराको भाँले बोकेर पुगेको स्थानीयको भनाई छ । मेयर पटक पटक सो घरमा आउ जाउ गर्ने मदिरापान गरेका कारण स्थानीय आजित भएका थिए । स्थानीयहरुले हिजो साँझको दृश्य सहन नसकेर प्रहरी र केही पत्रकारहरुलाई खबर गरेका थिए । त्यसपछि समाजिक सञ्जालमा घुमाउरो पाराले स्टाटसहरु लेखिएको थियो ।
घटनाले देश विदेशमा व्यापकता पाएपछि आज बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायब उपरिक्षक विनोद शर्मा सहितको प्रहरी टोली आएर आजित भएका स्थानीय र घरधनी महिलासंग बयान लिएको छ । बयानका क्रममा ती महिलाले मेयर चौधरी, दुखीलालसंग भाले बोकेर आएको पाटी खाएको कुरा स्वीकार गरेकी छन् । उनले मेयर चौधरी चिनजानको छिमेकी भएकाले आफ्नोमा आउ जाउ गरिरहने बताएकी थिइन् । उनले प्रहरीलाई बयान दिने क्रममा मेयर चौधरी आफ्नो आउ जाउ गरिरहने बिषय विदेशमा रहेका आफ्ना श्रीमानलाई समेत थाहा भएको बताएकी थिइन् ।
मेयर चौधरीका बारेमा व्यापक हल्लीखल्ली भएपछि नेकपाको जिल्ला कार्यसमिति र प्रदेश कमिटिले पनि चासो राखेको बुझिएको छ । घटनाका बारेमा प्रदेश सांसद लिलम बस्नेतले पनि बुझेका छन् । श्रोतका अनुसार मेयर चौधरीले बस्नेतसंगको भेटमा आफु एक्लै बस्ने ती महिलाको घरमा आफु आउ जाउ गरिरहने भएकाले हिजो पनि गएको स्वीकार गरेको बुझिएको छ । उनले अबदेखि सो घरमा नजाने भन्दै सांसद बस्नेतसंग माफी समेत मागेको श्रोतको भनाई छ । प्रहरीको एक श्रोतका अनुसार मेयर चौधरीले प्रहरी नायब उपरिक्षक शर्मालाई पनि फोन गरि आफुबाट गल्ती भएकाले माफी मागिसकेका छन् ।