विराटनगर / इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१२ बाट भन्सार छलेर नेपाल भित्र्याएको सामान नियन्त्रणमा लिइएको छ । महानगरको दुई नम्बर ढाटको एरियाबाट किरानाको मालसामान, स्याउ, कुर्ता सुरुवाल नियन्त्रणमा लिएर भन्सार कार्यालय रानीमा बुझाएको छ ।
यसैगरी इप्रका बुधनगरको प्रहरी टोलिले जहदा–१ भुटाहाबाट भारतीय नम्बर भएको मोटरसाइकलमा भन्सार छलेर ल्याउँदै गरेको सामान समेत नियन्त्रणमा लिएको छ । एलजीको आठ थान मिक्चरसहित दुईजनालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय रानीमा बुझाएको छ ।