बराहक्षेत्र : बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले जनजीवन असामान्य बन्दै गएको हकिकत सायद भनिरहनु नपर्ला।
विशेषगरि लकडाउनले दैनिक मजदुरी गरेर खाने, गरिब तथा बिपन्न परिवारहरु भोकभोकै बस्नुपर्ने अबस्था सिर्जना गर्यो। तर पछिल्लो समय डिएपी मलको अभाव भएपछि कृषकहरु बाली बिग्रिने र उब्जनी कम हुने त्रासमा देखिन थालेका छन।
देशका अधिकांश ठाउहरुमा
रासायनिक मल पाउन मुस्किल भएको बेला बराहक्षेत्र नगरपालिकामा पनि यसको चरम अभाव पाइएको छ।
यहाँका अधिकांस वडाका किसानहरुले लगाएको मकैमा रासायनिक मलको आबश्यक हुँदा किसानहरु १० केजि मलको लागि समेत आफ्नो ज्यान माया मारी लाइनमा बस्न बाध्य भएका छन् ।
बराहक्षेत्रका पसल तथा सहकारी संस्थाहरुले युरिया मल आयात गर्न नसक्दा किसानहरु युरिया मलको खोजिमा भौतारिएका हुन्। बराहक्षेत्र ७ कि गंगा कार्की भन्छिन् मल आयो भनेर लाइन बसेको घन्टौ भैसक्यो तर मल पाउने निश्चित छैन, आफ्नै वडामा सहज रुपमा मल पाए सजिलो हुन्थ्यो।
त्यसो त लकडाउनका कारण अभाव भएको मल आवतजावत समेत बन्द भएकाले आपूर्ति गर्न नसकिएको र सकेसम्म मल खरिद गर्दै ल्याएर बितरण गर्ने संस्थाहरुको भनाई छ।
श्री कृषि सहकारी संस्थाले युरिया मल ल्याएको बुझिएपछी चक्रघट्टीमा बुधबार बिहान ६ बजेदेखि मल ल्याउन आउनेहरुको भिड देखियो। कोरोना बाट बच्न सामाजिक दुरी कायम गर्नुपर्ने भएपनी संयौको संख्यामा मान्छेहरुको भिड भएपछि सामाजिक दुरी कायम हुन सकेको थिएन।
बराहक्षेत्र ६, ७ र ८ का कृषकहरू उक्त भिडमा देखेपछि हामीले ७ नम्बर वार्डका वडाअध्यक्ष वीर बहादुर लिम्बूलाई सोध्दा उनले भने मलको अभाव हामिमा मात्र हैन सबैमा छ, हामिले सकेको गरेकै छौ।यसरी हेर्दा सबै वडाले आआफ्नो वडामा मलको ब्यबस्था गर्ने हो भने कमसेकम मान्छेहरुको भिड नहुने र कोरोनाको जोखिम पनि कम हुनेमा जनप्रतिनिधिहरु खासै गम्भीर नदेखिएको बुझ्न सकिन्छ।