इटालीः लकडाउनलाई मे ४ बाट केही खुकुलो गर्ने इटाली सरकारले निर्णय गरेको छ ।
इटालीमा कोरोना संक्रमण बढे पछि मार्च १० बाट देशब्यापी रुपमा लागु गरिएको लकडाउन मे ४ बाट खुकुलो गर्ने निणर्य लिएको हो । इटालीमा कोरोना संक्रमणका कारण २९ हजार ३ सय १५ जनाले ज्यान गुमाएका छन् । २ लाख १३ हजार १३ जनामा संक्रमण देखिएको छ । ८५ हजार २ सय २१ ज्ना बिरामी निको भएका छन् । पछिल्लो समय इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउने नागरिकहरुको संख्यामा उल्लेख्य सुधार आएपछि सरकारले लकडाउनलाई क्रमशः खुकुलो बनाउँने नीति लिइएको हो ।
लकडाउन खुकुलो भएसगैं एउटा राज्य भित्र एक स्थानीय क्षेत्रबाट अर्को क्षेत्रमा आवतजावत गर्न सकिने छ। त्यस्तै काम, स्वास्थ्य र अन्य अनिवार्य कारण भएमा र त्यो पुष्टि भएमा प्रशासनको अनुमतिमा एकबाट अर्को राज्यमा पनि आवतजावत गर्न सकिने इटाली सरकारले निणर्य गरेको छ । मास्क र पन्जाको अनिवार्य प्रयोग गरी एक अर्का ब्यक्तिमा कम्तीमा १ मिटरको दुरि कायम गर्नुपर्ने सरकारले आग्रह गरेको छ । ।
तर जो ब्यक्तिलाई ३५.५ डिग्री सेल्सियस सम्म ज्वरो भएको वा कुनै लक्षण देखिएको अवस्थामा घरबाट बाहिर निस्कन भने पाइने छैन । सार्वजनिक पार्क लगायत अन्य स्थानमा मानिसहरुको उपस्थिति र प्रयोगको विषयमा स्थानीय कम्युनका मेयरहरुले छुट्टै नियम बनाएर लागू गर्न पाउने छन् ।
जगिङ, साइकिलिङ जस्ता काममा एकबाट अर्को बिचको दुरी कम्तीमा २ मिटर कायम गरेर गर्न पाइने छ। कसैको मृत्यु संस्कारको कार्यक्रममा बढी १५ जना जति सहभागी भएर कार्यक्रम गर्न पाइनेछ। तर मास्क,पन्जाको अनिवार्य प्रयोग र सामाजिक दुरी अनिवार्य रुपमा कायम गरिनु पर्ने छ।
बार र रेस्टुरेन्टलाई टेक अवेको सर्भिसको लागि मात्र संचालन गर्न सकिनेछ। उत्पादन , कन्स्ट्रक्सन,होलशेलको क्षेत्र संचालन गर्न सकिने छ । तर स्वास्थ सुरक्षाको ब्यबस्था अनिवार्य रुपमा पालना गर्नुपर्ने छ।
अर्को चरणमा मे १८ बाट म्युजियम, लाइब्रेरी, सामुहिक तर दर्शकको उपस्थिति नहुने खेलकुदका कार्यक्रम संचालन गर्न सकिनेछ। जुन १ बाट बार, रेस्टुरेन्ट, ब्युटिपार्लर, सैलुन, मसाज सेन्टर लगायत संचालन गर्न सकिने छ।
नयाँ संक्रमितको वृद्धिको दर अनुसार ग्रिन (हरियो), याल्लो (पहेँलो) रेड (रातो) एरिया, जोन कायम गरि त्यही अनुसार नियम र प्रावधानहरु लागू गरिने छ।
समुन्द्री स्नानको लागि त्यही क्षेत्रमा रहनेहरुलाइ छुट नै छ। तर बाहिरबाट जानेहरुको लागि निश्चित क्षेत्रमा एक अम्ब्रेला र क्षेत्रबाट अर्कोको दुरि कायम गरेर मात्र प्रयोग गर्न सकिने छ ।
लकडाउनलाई खुकुलो बनाउने सरकारको योजना र निर्णय अनुसार हरेक क्षेत्रमा मास्क, पन्जाको अनिवार्य प्रयोग र एक ब्यक्ति र अर्को ब्यक्ति बिचको एक मिटर देखि दुई मिटरसम्मको सामाजिक दुरि अनिवार्य कायम गर्न भनिएकोछ ।
मे ४ बाट लकडाउनको दोस्रो चरणलाई क्रमशः इटालि सरकारले लागू गर्ने निर्णय गरेपछि नियम अनुसार संचालन गर्न पाउने व्यापार, ब्यबसाय संचालनमा आएका छन् ।
पार्क,बजार लगायत सडकमा मानिसहरुको जमघट बढेको देखिन्छ। बाहिरी मुलुकबाट पर्यटक आउने , चहलपहल हुने क्षेत्रमा संचालनमा रहने पर्यटकिय क्षेत्रका बार, रेस्टुरेन्ट,होटेल लगायत सेवा क्षेत्रका व्यावसायि र कामदारहरु अन्योलमै रहेको देखिन्छ।
तल देखाइएको तस्बीरमा : बस तथा ट्रेनमा एक यात्रुु र अर्को बिच दुरि कायम गराउन यसरी सिट खाली राखिएको छ ।