इटहरीः किराँत धर्मका संरक्षण गुरु लाफयङ देवबहादुर तुम्बापोको निधनपछि श्रद्धाञ्जली दिने क्रममा विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा गलत तथा भ्रामक कुरा प्रचार गरिएको भन्दै किरात सत्यहाङ्मा आस्थावानहरूले गम्भिर ध्यानकर्षण भएको जनाएका छन् ।
तुम्बापोलाइ आत्मानन्द लिङ्देनको चेला भनेर प्रचार गरिएको भन्दै सत्यहाङ्मा आश्थावानहरूले विज्ञप्तिमार्फत सो कुरा बताएका हुन् । बास्तविकता नबुझी गलत तरिकाले प्रस्तुत गर्दा धार्मिक सद्भाव बिग्रिने भएकाले सचेत गराइएको छ । गुरुको प्रतिष्ठा र योगदानमा आँच आउने गरी यस्ता भ्रामक कुरा प्रचार नगर्न र यस्ता प्रचारका पछि नलाग्न पनि सत्यहाङ्माहरूले आग्रह गरेका छन् ।
यस्ता गलत भ्रामक सन्देश पुनः सम्प्रेषण नगर्नका लागि पनि सचेत गराएको छ । गुरु राष्ट्र विभूति महागुरु फाल्गुनन्द उनको जीवनी लेखक गुरु बदृनन्द तुम्बापोको अनुयायी र चेला रहेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।