इटहरीः नेकपामा प्रदेश सदस्य, सुनसरी जिल्लाका पूर्व अध्यक्ष एवम् संविधानसभा सदस्य रेवती भण्डारीले सुनसरीमा नेकपालाई सिध्याउने खेलमा प्रदेश इन्चार्ज भीम आर्चाय लागि परेको गम्भिर आरोप लगाएका छन् ।

उनले भ्रष्टआचरण भएका आर्चायले राजनितिक अपराधी र भ्रष्टचारीहरुलाई आफ्नो गुटका नाममा च्यापेर इमान्दार नेता कार्यकर्तालाई पाखा लगाई जिल्लाबाटै पार्टी सिध्याउने खेलमा आर्चाय लागेको आरोप लगाएका हुन् । उनले घुमाउरो शैलीमा भीम आचार्य र उनका गुटका जिल्ला नेतृत्व गर्ने नेताहरुले उकासेकै भरमा इटहरी सरकारका मेयर उग्र हुँदै गएको दावी गरेका छन् ।

इटहरीका मेयर द्धारिकलाल चौधरीबाट भएका सबैखालका विवादित कार्यको मुख्य जड नै भीम आचार्य भएको भण्डारीले ठोकुवा नै गरे । भीम आर्चाय र उनका गुटका जिल्ला नेतृत्वका नेताहरुले सोझो थारुको छोरा द्धारिकलालाई अनावश्यक रुपमा उकासेका कारण कार्यकाल भरी मेयर चौधरी विवादित हुन परेको भण्डारीको दावी छ । उनले भने –‘द्धारिकलालको यहि सबै खालका गतिविधिमा कुनै गल्ती छैन । यसको सबै दोष भीम आर्चाय र उनका गुटका जिल्ला नेतृत्वमा जान्छ । द्धारिकलालले जे गरेपछि ठिक छ कमरेड, अगाडी बढ्नुहोस् भनेर उकेरा लगाउनेहरुले हालको परिणामको जिम्मेवारी लिनुपर्छ ।’

भण्डारीले आफुलाई मन नपर्ने सर्वध्वज साँवा, लिलम बस्नेत, लक्ष्मि गौतम, रामप्रसाद चौलागाई र रेवती भण्डारी विरुद्ध अनेकखालका खेल खेल्नुका साथै मेयरसमेत प्रयोग गरि विवादमा ल्याउने काम भीम आर्चायले नै गरेको दावी गरे । उनले जबसम्म भ्रष्टाचारको दलदलमा फसेका भीम आर्चायलाई प्रदेश इन्चार्जबाट हटाएर नयाँ ढंगबाट प्रदेश र जिल्लाको नेतृत्व निर्माण नगरेसम्म पार्टी नसुध्रने बताए ।

उनले जिल्लामा पनि यहि तरिकाले भिम आर्चायको पार्टीका हस्तक्षेप रहिरहने हो भने नेकपाको इतिहासमा सबैभन्दा राम्रो जिल्लाका रुपमा चिनिएको सुनसरी अबको निर्वाचन शुन्य परिणाममा चित्त बुझाउनु पर्ने निश्चित भएको दावी गरेका छन् । त्यसको प्रमाण जुटाउने कार्य केही महिना अघि धरानमा सम्पन्न उप निर्वाचनको परिणामले देखाई सकेको भण्डारीले बताए । इटहरी उपमहानगरपालिकाको हकमा मेयर र उपमेयर बिच बिवाद सृजना गराएर ५ बर्षे कार्यकालभरी अस्थिरता ल्याउने कार्यमा भीम आर्चायको ठूलो भूमिका रहेको उनको भनाई छ ।

उनले भ्रष्टचारको दलदलमा फसेकै कारण ६ महिनामा भीम आर्चायले मन्त्री पदबाट राजिनामा दिनु परेको दावी गरे । स्थानीय, प्रदेश र संघीय निर्वाचनमा उम्मेदवारहरुसंग पैसा लिएर टिकट वितरण गरेको दुनियालाई थाहा भएको बताउदै आर्चायले काम गर्ने सक्षम, असल नेता तथा कार्यकर्तालाई पाखा लगाई आफ्ना गुट वा आफ्ना नजिकका नेता तथा कार्यकर्तालाई बिभिन्न प्रलोभन देखिएर गुटको खेती गरिरहेको बताए ।
यो अडियो सुन्नुहोस् ।