कपिलवस्तु: कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलबस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभुमि नगरपालिका वडा नम्बर ७, १० निवासी १८,१९,२०,२०,२४,३०,३१,३४,३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष छन् ।

उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।