बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ वडाकार्यलयको भवन शिलान्यासको बिषयले अहिले बिबादको रुप लिइरहेको छ।

गत शनिबार एक्कासि वडाअध्यक्ष रुद्र दाहालले नडाहा चोकमा भवन शिलान्यास गरेपछि सो बिषयले चर्चा पाएको हो।
वडाअध्यक्ष दाहालले भवन शिलान्यास गरेको हप्ता दिन बित्न नपाउदै नगरप्रमुख निलम खनालले सोमबार नगर प्राबिधिकको उपस्थितिमा स्थान छनोट र मंगलबार देखि औपचारिक रुपमा काम सुरु हुनेगरी निर्देशन दिएपछि यो बिषयले अझ चर्चा पाएको छ।

सो टोलीले मुसहरी टोलमा बन्ने भनिएको भवनको यसअगि नै ठेक्का लागिसकेको छ। नगरपालिकाले बोलपत्र गरे अनुसार नै बराहक्षेत्र ५ मा रहेको दिपादिल कन्सट्रक्सनले ८१ लाख ३९ हजार ३ सय २५ रुपैया ४२ पैसामा लिएको ठेक्का स्वीकृत पनि भैसकेको छ।
यसरी दुई स्थानमा वडा कार्यलय भवन बन्ने बुझिएपछि खास कुन ठाउमा कार्यलय बन्ने हो भनेर वडाबासी अलमलमा परेका छन।
यसअगि पनि पटकपटक बिबादास्पद बनेको वडा कार्यलय भवनको बिषय यसपटक भने नगरप्रमुख लाई थाहै नदिई वडाअध्यक्ष आफैले शिलान्यास गरेको बुझिएको छ।

जनप्रतिनिधि निर्वाचित भएर आएको ३ बर्ष बितिसक्दा पनि बन्न नसकेको भवन मिलन चोकमा अस्थायी कार्यलय बनाइ संचालनमा रहदै आएको छ। स्थानीयका अनुसार वडाको भवनका लागि नडाहा चोक, इक्राही, मुसहरी टोल लगाएतका ठाउहरु सिफारिसमा छन।

तर वडाअध्यक्षले बहुमतलाई आधार मानी नडाहामा कार्यलय बनाउन खोजेको भन्दै केही स्थानीयले आपत्ती जनाउदै आएका छन। यसले वडा अध्यक्ष स्वयम र नडाहाबासीको मात्र सहजताका लागि हुने उनीहरूको आरोप छ।

वडाअध्यक्षले शिलान्यास गरेको कार्यालय 

barahxetra 3 1

barahxetra 3 2

नडाहामा बन्ने वडाकार्यालय निर्माणका निम्ति केशव पुरीको अध्यक्षतामा ९ सदसीय निर्माण समिति चयन गरेको छ भने दुर्गा प्रसाद राईको संयोजकत्वमा ५ सदसीय सल्लाकार समिति बनाइएको छ।
नडाहामा कार्यलय भवन बन्ने कुरा सबै वडाबासीको हितमा नभएको भन्दै केही वडाबासी युवाहरूले सामाजिक संजालमा चर्को आलोचना गर्दै आएका छन।
त्यसो त वडाका महिला सदस्य र दलित महिला सदस्यको समेत असहमति भैरहदा समेत पुरुष सदस्यको बहुमतलाई आधार मानि नडाहामा भवन बन्न लागेको महिला सदस्य निर्मला धामीले बताइन। यद्यपि वडा अध्यक्ष दाहालले भने कुनै पनि हालतमा वडा कर्यलय नडाहामा बन्ने बताएका छन।

बराहक्षेत्रका मेयरले गरेको वडा कार्यालयको शिलान्यास 

barahxetra 3 2