धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकामा कृषकले लगाएको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको छ ।स्थानीय कृषकहरुको सयौं रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा अमेरिकन फौजीकीराको संक्रमण देखिएको हो । महालक्ष्मी नगरका बिभिन्न वडाका किसानहरुले लगाएको ५ सय रोपनी भन्दा बढी क्षेत्रफलको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको हो । सो नगरपालिकाको वडा नं। ४ स्थित सिकरकटेरी, वडा नं। ५ को बगर, मेलाङ्चुङ, वडा नं। ६ को काफ्ले, आरबोटे लगायत क्षेत्रमा अमेरिकन फैजीकीराको संक्रमण बढी फैलिएको छ ।

त्यस्तै महालक्ष्मी नगरपालिका–३ का कृषकले लगाएको मकैबालीमा सेमिलोपर प्रजातिको किराको प्रकोप देखिएको छ । यी दुबै प्रजातिका किराले महालक्ष्मी नगर क्षेत्रको सयौं रोपनी मकैंबाली नष्ट गरेका छन् । संक्रमण तीव्र रुपमा बढ्न थालेपछि महालक्ष्मी नगरपालिकाले नियन्त्रणका लागि निःशुल्क रुपमा कृषकहरुलाई किटनाशक विषादी वितरण गर्न शुरु गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए ।
‘मकैबालीमा संक्रमण फैलन थालेको थाहा पाउने बित्तिकै हामीले गाउँ–गाउँमा कृषि प्राबिधिक पठाएर किरा नियन्त्रणको प्रयास गरिएको छ । फौजीकीराले मकैबाली नष्ट गर्न थालेको कृषकहरुबाट गुनासो आएपछि नगरपालिकाको समन्वयमा बाली संरक्षण प्रयोगशाला विराटनगर र कृषि ज्ञान केन्द्र धनकुटाको कृषि प्राविधिक सहितको टोली गाउँमा गएर मकैबालीको निरीक्षण गरी फौजीकीराको संक्रमण यकिन गरिएको थियो ।

सोही टोलीको सिफारिसमा किटनाशक विषादी वितरण गर्न थालिएको हो । नगरपालिकाका प्रमुख नेपाल सहित कृषि प्राविधिक गाउँ–गाउँमा गएर विषादी वितरण गरी फौजीकीरा नियन्त्रणको प्रयासमा जुटेको नगर प्रमुख नेपालले बताए । तर पनि फौजीकीराले एक दिनमै ठूलो क्षेत्रफलको बाली नष्ट गर्ने र छिट्टै फैलने भएकाले सयौं रोपनी क्षेत्रफलमा यसको संक्रमण फैलिएको छ ।
किटनाशक बिषादी छर्किएपछि फौजीकीरा केही नियन्त्रण भएको महालक्ष्मी नगरपालिका–६ का कृषक सुरेन्द्र बस्नेतले बताए ।

औषधी छर्किएपछि आधा जति मकैबाली बाँच्यो । अरु किराले खाएर नष्ट ग¥यो–कृषक बस्नेतले भने । संक्रमण सुरु हुने बित्तिकै फौजीकीराले ५० प्रतिशत बाली नष्ट गर्ने गरेको महालक्ष्मी नगरपालिकाका कृषि प्राबिधिक शेखर चापागाईँ बताए । ‘फौजीकीराको क्षति पु¥याउने र फैलिने दर धेरै हुन्छ । बेलैमा किटनाशक बिषादी छर्कदा ५० प्रतिशत जति बाली बचाउन सकिन्छ । नभए सबै बाली सखाप पार्छ–कृषि प्राविधिक चापागाँईको भनाई छ । फौजीकीराले मकैको पात, धानचमरा लगायत बोटका अधिकांस भाग खाएर केही दिनमै बाली नष्ट गर्ने गर्छ ।