इटहरीः झापाकी एक २८ बर्षीया महिलालाई पटक पटक जवरजस्ती करणी गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् । महिलाले उजुरी दिएका आधारमा प्रहरीले प्रादेशिक अस्पताल जनकपुरका एक डाक्टरलाई पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापी डा. राजेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
आफूलाई डाक्टर मण्डलले पटक–पटक जबरजस्ती करणी गरेको झापा घर भएकी एक २८ वर्षीया महिलले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि उनलाई पक्राउ गरेको डीएसपी कार्कीले बताए।
डाक्टर मण्डललाई उजुरी दिएकै दिन पक्राउ गरी उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। डा. मण्डलले विभिन्न समयमा अस्पताल बाहिर विभिन्न स्थानमा लागेर आफूलाई बलात्कार गरेको महिलाले निवेदनमा उल्लेख गरेको डीएसपी कार्कीले बताए । डाक्टर मण्डलले भने ती महिलासंग आफ्नो प्रेम सम्बन्ध रहेको र राजीखुसी नै शारिरिक सम्पर्क भएको दावी गर्दै आएका छन्।