धरान: धरानकी एक जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

उनी धरान १३ मा बस्दै आएकी ५२ वर्षीय महिला हुन् ।

उनले हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी जाँच गराउन जादाँ धरान वडा नम्बर १३ लेखाएकी थिइन् ।

शंका लागेर परीक्षण गराउदा पोजेटिभ रिपोर्ट आएको प्रतिष्ठानले जनाएको छ । थप विवरण आउन बाँकी छ ।