इटहरीः गत बिहीबार सुनसरीको हरिनगर गाउँपालिकाको वडा नम्बर २ मा हत्या गरिएका खुर्शीद आलमको घटनाको विषयमा सरकारले गरेको निर्णयको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले स्वागत गरेको छ ।

गठबन्धनका केन्द्रीय संयोजक समीम मियाँ अन्सारीका अनुसार सरकार मुस्लिम समुदायको मागप्रति सकारात्मक रहेकाले सरकारको निर्णयको स्वागत गर्दै सरकारलाई आवश्यक सहयोग गर्ने निर्णय भएको हो ।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै मृतकलाई शहीद घोषणा गर्ने तथा मुस्लिम समुदायको मागबमोजिम छानबिन आयोग गठन गर्ने कार्यमा सरकार सकारात्मक भएकाले सरकारको निर्णयको स्वागत गरिएको संयोजक अन्सारीले बताए ।

सामाजिक खलल पु¥याउने काम नहोस्
घटनाको विषयलाई लिएर सामाजिक सद्भाव खल्बल्याउने खालका गतिविधि हुन सक्ने देखिएकाले आफूहरु सचेत भएको गठबन्धनले जनाएको छ । ‘कुनै पनि तत्वले सामाजिक गतिविधिलाई खलल पु¥याउने काम गर्न हुँदैन’, अन्सारीले भने, ‘हामी यसतर्फ सचेत छौं र समाजका सबै पक्ष यसमा सचेत हुनुपर्छ ।’

सो घटनामा घाइते भएका प्रहरी शिवलाल पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना पनि पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा गरिएको छ । गठबन्धनका मोरङ संयोजक सलीम अन्सारी र सुनसरी संयोजक मुख्तार अन्सारीको हस्ताक्षरमा जारी विज्ञप्तिमार्फत् गठबन्धनले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक शमीम अन्सारी, महासचिव जाकिर हुसेन, नेकपाका केन्द्रीय सदस्य महफुज अन्सारीले आफ्नो धारणा राखेका थिए । त्यस्तै, मृतकका भाइ जावेद अन्सारी, गठबन्धनका मोरङ संयोजक सलीम अन्सारी र सुनसरी संंयोजक मुख्तार अन्सारीले आफ्नो धारणा राखेका थिए ।

m