इटहरीः तरहरा कृषि फारमको तिन तिहाई जग्गाको एक भागमा अहिले लिचि र आपँ पाकेर लटरम्म छन् । यस अघिका बर्षमा फुल फुल्न साथ फारममा ठेकेदार आएर ठेक्का हाल्नमा तछाड मछाड गरेका थिए । तर अहिले कृषि अनुसन्धान कार्यालय तरहराले फरक फरक मितिमा तिन पटक टेन्डर आह्वान गर्दासम्म ब्यापारी, ठेकेदारले टेन्डर हालेका छैनन् ।

लकडाउनका कारण ठेकेदार टेण्डर हाल्न कार्यालयसम्म नआएपछि कृषि कार्यालयले अब उक्त क्षेत्रमा फलेका फलफुल के गर्ने ? कसलाई जिम्मा दिने भन्ने बारे अन्योल रहेको पुर्व क्षेत्रीय कृषि अनुसन्धान कार्यालय तरहरा सुनसरीका प्रमुख टिकाराम चापाँगाईले जानकारी दिए । उनले भने– ‘पोहोरका साल तिर ठेकेदारको टेन्डर खुलेपछि कसले बढी मुल्य हाल्ने भन्ने बारे प्रतिस्पर्धा हुने गरेको थियो । तर यो बर्ष ठेकेदारले चाख देखाएपनि कहाँ लगेर बेच्ने भन्ने अन्योल भएकाले कसैले पनि आटँ गर्न पनि सकेका छैनन् ।’
लकडाउनका कारण सवारी साधन आवतजावत बन्द हुदाँ बोटमै फल कुहिएर जाने समस्या समेत रहेको प्रमुख चापाँगाईको भनाई छ । फारममा आपँ,लिचि बार्षिक १२ देखि १५ मेट्रि«कटन उत्पादन हुने गर्दथ्यो । यो बर्ष पनि त्यतिकै मात्रामा उत्पादन भएको कार्यालयको अनुमान छ । जसका लागि ठेकेदार, ब्यापारीले करिब ४ देखि ५ लाख सम्ममा खरिद गर्दथे । कुनै ब्यक्ति संस्थाले खरिद नगरे कार्यालय आफैंले पुर्वका कृषि बजारमा लगेर बिक्रि गर्ने वा कुनै ब्यक्ति, संस्थालाई सिधै सम्पर्क गरी बिक्रि गर्ने भन्ने बारे एक समिति बनाईएको छ । त्यस समितिले एक निणर्य लिने कार्यालयले जानकारी दिएको छ । यहाँ उत्पादित आँप, लिचि गत बर्षहरुमा काठमाडौं,पुर्वका कृषि बजार, सिलिगुडि सम्म निर्यात हुने गर्दथ्यो ।\

lichchi 2