इटहरीः अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय सरकारको तर्फबाट आर्थिक वर्ष २०७७/ ७८ को बजेट सार्वजनिक गरेका छन् । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६र७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ । बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए । आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने जानकारी अर्थमन्त्री खतिवडाले दिएका छन् ।