संखुवासभा : पुर्वाधार विकास कार्यालय संखुवासभाले आर्थिक बर्ष ७६÷७७ मा करिब ७० प्रतिशत विकास खर्च भएको जनाएको छ । विभिन्न योजनासहितका कार्यक्रमको जिम्मा पाएको कार्यालयले हालसम्म करिब ७० प्रतिशतले ४७ करोड ७० लाख खर्च गर्न सफल भएको पुर्वाधार विकास कार्यालयका डिभिजन प्रमुख गंगा सागर यादवले जानकारी दिए ।
७१ करोड ५८ लाखका विभिन्न योजनासहितका कार्यक्रमको जिम्मेवारी पाएकोमा यस चालू आ.व.मा भने ९९ प्रतिशत भन्दा बढी खर्च गर्न आफूँहरू लागि परेको उनले बताए । उनले भने, “कोरोना भाइरसका कारण देशमा लकडाउन हुँदा यसले हाम्रा योजनालाई प्रत्यक्ष प्रभाव पा¥यो, जब हामीले वैशाखको दोस्रो सातादेखि विकास निर्माण योजनालाई अघि बढाउने सरकारको निर्देशन पाएसँगै हामीले विस्तारै योजनालाई अघि बढाउन लागेका हौं ।” देशमा लकडाउन लम्बिँदै जाँदा मजदुर आ–आफ्नो गृह जिल्ला फर्किए, निर्माण सामग्री र ढुवानीमा समस्या, दक्ष जनशक्ति अभावजस्ता समस्या हुँदा पनि चालू आवमा ९९ प्रतिशतभन्दा बढी योजना सक्ने प्रमुख यादवले दाबी गरे ।
उक्त कार्यालयले हेर्ने गरी संघीय सरकार र १ नं. प्रदेश सरकारको पक्की पुल, सडक तथा झोलुङ्गे पुल निर्माणका योजना छन् । गुफा पोखरी चैनपुर बाह्रविसे सडक, सिधुवा शुक्रबारे ओख्रे म्याङ्गलुङ्ग सडक, सेर्मा जलजल,े ईसिबु सडक, हेवा खोला मोटरेवल पुल, लगायतका आयोजना रहेको प्रमुख यादवले बताए ।
अहिलेको अवस्थामा धेरै योजना जारी रहेकाले केही योजना सकिएको र केही अन्तिम अवस्थामा पुगेर रकम निकासा हुन बाँकी रहेको छ । त्यस्तै केहि योजनाको काम सएिको तर वजेट अभााव भएको कारण भुक्तानी दिन नकिएको प्रमुख यादवले बताए ।

road 2