इटहरीः  इटहरी उपमहानगरपालिका ८ मा आज दिउँसै चोरी भएको छ । दुर्लभ कार्कीको घरमा चोरी भएको र चोरले नगद तथा सुन लगेको छिमेकी गुरु ढकालले जानकारी दिए ।

कार्कीकी आमा बच्चा लिन स्कुल गएको मौकामा चोर घरभित्र पसेको थियो । दुर्लभका भाइ सुलभ घरमै सुतिरहेका भए पनि उनले घरमा चोर पसेको थाहा पाएनन् । दुर्लभ सुतेको कोठाको ढोकाको चुकुल चोरले लगाएर चोरी गरेको थियो ।

दुर्लभकी आमा बच्चा लिएर विद्यालयबाट आउँदा दराज खुल्लै देखेर सुलभकोे कोेठाको चुकुल खोलेकी थिइन् । आफू १० मिनेट मात्र घरबाहिर भएको अवस्थामा दिउँसै चोर लाग्नुु अनौठो भएको स्थानीयहरू बताउँछन् ।

पीडित परिवारका अनुसार चोरले ४० हजार नगद र अन्दाजी ४ तोला सुन चोरी गरेको छ । छिमेकी ढकालले दसैंको मुखमा दुले चोरको बिगबिगी भएको भन्दै सुरक्षा चुनौती बढेको बताए ।