इटहरी : इटहरी क्षेत्रका बैंक तथा वित्तिय संस्था सोमबारबाट नियतिम खुल्ने भएका छन् ।

आइतबार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

इटहरी उपमहानगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै हप्तामा आलोपालो गरी बैंक खोल्दा झन् जोखिम बढ्ने भन्दै सर्वसाधरणबाट ब्यापक जनगुनासो आएपछि सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन खुल्ने उक्त विज्ञप्तीमा भनिएको छ ।

बैंकमा सामाजिक दुरी कारोबार गर्न समेत पालिकाले आग्रह गरेको छ ।

itahari 6