इटहरीः भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ आईरहेको हाइस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके सडक खण्डमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ। राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो । बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटना आइतबार राति सवा १२ बजे भएको हो। दुर्घटनामा २२ जना घाइते भएका छन्। घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ। मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ। मृतकको नामावली संकलन भइसकेको छैन। भेरी अस्पतालको शव गृहमा शव राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक पबिन्द्र बमका अनुसार नेपालगन्जबाट सल्यानतर्फ गईरहेको यात्रु बाहक फोर्स कम्पनीको मिनि बस आइतबार मध्यरातमा बाँकेको अगैया नजिकैको जंगलमा रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाउने १० पुरुष र एक महिला छन् । घाइते भएका २१ जना मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक बमले जानकारी दिए ।