संखुवासभाः खाँदबारी नगरपालिकाले आज एक कार्यक्रम गरेर किसानहरुलाई ७५ प्रतिशतको बोयर प्रजातीको वीउ बोका वितरण गरेको छ । खाँदबारी नगरपालिका भित्र पहिला देखि नै व्यवसायिक बाख्रापालन गरिरहेका उत्कृष्ट किसानहरुलाई वडा समितिले सिफारिस गरेको आधारमा वीउ बोका वितरण गरिएको हो ।
आर्थिक बर्ष २०७६।७७ को ३० प्रतिशत लागत सहभागीतामा ७५ प्रतिशतको बोयर बोकाको वीउ वितरण कार्यक्रम अन्तर्गत वितरण गरिएको हो । ११ वटा वडामा एक वडा एक किसान एक बोका वितरण गरिएको खाँदबारी नगरपालिकाका पशु सेवा शाखाका कर्मचारी डा. लाख कुमार राईले जानकारी दिए ।

100852632_735181663954301_7333671217859133440_n

ती वडाहरुमा ६ लाख रुपियाँका बोयर जातका बोकाको वीउ वितरण गरिएको खाँदवारी नगरपालिकाले जनाएको छ । सोमबार वितरण गरिएको बोका नजिकको अरु फर्मले प्रजनन्को लागि प्रयोग गर्दा दाना खर्च वापतको १ सय रुपियाँ सेवा शुल्क लिन पाउनेछन् । यि बोकाहरुको वीमा अनिवार्य गर्नु पर्ने र सो वीमाको विमांक खाँदबारी नगरपालिकाले नै उपलब्ध गराउने जानकारी राईले दिए ।
प्राप्त बोकाको अवस्थाको जानकारी प्रत्येक महिना खाँदबारी नगरपालिकाको पशु सेवा शाखामा गराउनु पर्नेछ । यो वोका किसानहरुले विक्री गर्न नपाउने कुरा पनि राईले बताए । यि बोका एक वर्ष पुगेपछि प्रजनन् योग्य हुने राईले बताए । सावित्रि बोयर बाख्रा फर्म रंगेलीबाट बोका ल्याएको हो ।

101626328_302919770872586_7817151421467328512_n