इटहरी :नेपालमा थप २९ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै कर्णाली प्रदेशका रहेका छन् । स्वास्थ्य कर्णाली प्रदेश अस्पताल÷ पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २९ जना संक्रमित भेटिएका हुन् ।

संक्रमितमा सुर्खेतका ११, सल्यान ९ र अछामका ९ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

कर्णाली प्रदेशमा हालसम्म संक्रमितको संख्या २६२ पुगेको छ । हालसम्ममा दैलेखमा ९८ जना, सुर्खेतमा ७० जना, सल्यान ५३ जना, जुम्ला १९ जना, कालिकोट १८ जना, मुगु १ जना रहेका छन् ।

त्यस्तै, सुदुरपश्चिम प्रदेशमा बाजुरा १ जना, अछाम १० जना र बझाङ १ जना कोरोनाका संक्रमित रहेका छन् ।

karnali press meet