धरान : अन्र्तजातीय प्रेम विवाहलाई लिएर ६ जनाको विभत्स हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै जातीय भेदभाव उन्मुलन भएको १३ वर्ष पुगेको अवसरमा धरान सहित नेपाल नै भरि राज्यलाइ खवरदारी तथा मृत आत्माको चिर शान्तीको कामना गर्दै खवरदारी तथा श्रद्धाञ्जली सभा गरेको छ ।


बुधवार संयुक्त राजनैतिक दलित संघर्ष समिती सुनसरीले धरानको भानुचौकमा आयोजना गरेको भएको कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य माननीय उमिता वराइली (रिमा)ले जातीय अन्र्तघुलन र समानताका लागी विभिन्न आन्दोलन गरेर कानुनको स्थापित गरेपनि व्यवहारमा कार्यन्वयन नभएको वताइन् । उनले कर्मचारीतन्त्रको कमजोरीलाई इङ्गीत गर्दै कानुनमा त्याग र वलिदानीबाट सरकारले स्थापित गरेपनि त्यसको कार्यन्वयन गराउने स्थाइ सरकार भनिने कर्मचारीतन्त्र हो । त्यही कर्मचारी तन्त्रमा दलित र दलितबादी नहुनुले हरेक जातीय विभेदलाई कर्मचारी नै दवाउने गरेको वताइन् । साथै हत्यारा को हुन भनेर रुकुम हत्याकाण्डमा स्पष्टै देखिएको छ तर पनि अहिलेसम्म प्रहरीले दोषी को भनेर सार्वजनिक गर्न नसक्नुले पनि घट्नालाई तोडमोड गर्न लागेको होकी भन्ने भान परेको बताइन् । दलितको हक, अधिकार स्थापित गर्न राज्यको सुरक्षा संयन्त्र र न्यायिक क्षेत्रमा दलित डेक्स हुनुपर्ने बताउँदै स्थानिय, प्रदेश र संघिय क्षेत्रमा दलित संयन्त्र बनाईनुपर्ने माग राखिन्।

julus 1
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका धरान इन्चार्जले आइन्द्र विक्रम बेघाले भने रुकुम हत्याकाण्डा एउटा दलित, जनजाती, मधेसी माथिको आक्रामण नभइ मानव अस्तित्व माथिको आक्रामण हो, त्यसले घट्नालाई कसैले पनि दवाउन वा तोडमोड गर्न खोज्छ भने त्यसकै विरुद्धमा लाग्ने वताएका छन् ।

त्यस्तै श्रद्धाञ्जली तथा खबरदारी सभामा नेकपा नेता तथा अभियानकर्र्मी डिबी शंकरले छुवाछुत मुक्त घोषणा भएको १४ वर्ष बितिसक्दा समेत राज्यका एक चौथाई दलित समुदाय अझैपनि उत्पीडनमा परेको बताए । उनले दलित युवाहरु अब मर्न मात्र हैन मार्न पनि तयार भएकाले यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताए।
सभामा नेपाली कांग्रेसका क्षेत्रीय सचिव मुरारी भट्टराई, नेकपा धरान अध्यक्ष नारायण सुवेदी, नेपाल दलित संघ केन्द्रिय सदस्य गोविन्द दर्नाल, नेपाल दलित संघका जिल्ला सचिव तथा अभियानकर्मी विजय अछामी लगायतले राज्यले जातिय छुवाछुत विभेद हटाउन नसकेको कारण यस्ता जघन्य घटना घट्ने गरेको भन्दै २१ औ शताव्दीमा समेत दलितहरु पशु सरह बाँच्नु परेकोले यसको लागी अव दलित मात्रै होइन सम्पुर्ण न्यायप्रेमी जनताले यस्ता उत्पिडन विरुद्धको अभियानमा लाग्नु पर्ने वताएका छन ।

julus 2
गत जेठ १० गते रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनामा नवराज विश्वकर्मा सहित ६ जनालाई गाउँलेहरुले कुटपिट गरी मारेर खोलामा फ्याँकिएको विरोधमा देशभरका दलित अभियानकर्मीहरुले दोषीलाई हदैसम्मको कार्वाही र सजायका साथै पीडित परिवारलाई न्यायको माग गर्दै देशैभरि आन्दोलन गर्दै आएका छन् ।