धरानः कोरोना महामारीसंगै जारी लकडाउनका कारण उद्योगी व्यवसायीहरु आर्थिक रुपमा कमजोर भएको जनाउँदै सुनसरीका ४ वटा उद्योग वाणिज्य संघहरुले राहतको प्याकेज ल्याउन संयुक्त रुपमा सरकारसँग माग गरेका छन् ।
सुक्रबार सुनसरी जिल्लाका ४ वटा उद्योग वाणिज्य संघका अध्यक्षहरुले संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरि सरकारसंग सो माग गरेका हुन् । सुनसरी उद्योग वाणिज्य सघं, उद्योग वाणिज्य संघ इटहरी, इनरुवा उद्योग वाणिज्य संघ र झुम्का उद्योग वाणिज्य संघका अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै राहत प्याकेजको माग गरेका छन् । उनीहरुले लकडाउन समाप्त भएको ३० दिनसम्म कर तिर्ने तथा बैंकको किस्ता तिर्ने समय सिमा तोक्न पनि सरकारसँग माग गरेका छन् ।

102734500_1916896195116695_7896702217313320960_n 1

 

संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ ,- ‘बैंक किस्ता तिर्ने र कर तिर्ने समय लकडाउन खुकुलो भएको ३० दिनसम्म समय सिमा तोक्नुपर्छ भन्ने हाम्रो माग हो,’ । संघहरुले लकडाउनलाई खुकुलो बनाउदै जोन छुट्याएर व्यापार, व्यवसाय सुचारु गर्न समय तोक्नुपर्ने पनि माग गरेका छन् । सुरक्षाको उपायहरु अवलम्बन गरेर सामाजिक दुरी कायम गर्दै व्यवसायीहरुलाई दैनिक बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म व्यवसायिक गतिविधिहरु सञ्चालन गर्न दिइनुपर्ने माग संघहरुको छ ।

लकडाउनको अवस्थामा उद्योग तथा व्यवसाय कर सम्बन्धि विल भौचर र आवश्यक विवरणहरु तयार गर्न कर्मचारीहरुसमेत आवतजावत गर्ने सहज वातावरण नभएको भन्दै संघहरुले असार ७ गतेभित्र सबै कर तथा भ्याटका विवरणहरु बुझाउन दिइएको समय न्ययसंगत नभएको पनि विज्ञप्तीमा उल्लेख छ ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले उद्योगी, व्यवसायीहरुको अवस्था नाजुक भइसकेको बताए । उनले बैंकहरुले नाफा मात्र कमाउने होइन, सरकारले अनुदान पनि उपलब्ध गराउने प्याकेज ल्याउनुपर्ने बताए ।

84708437_1916896285116686_8333499120006201344_n