भोजपुरः लकडाउनको समयमा म्याद गुज्रिएका सामग्री विक्री गर्ने खाद्य पसललाई जिल्ला प्रशासन कार्यालय भोजपुरले बन्द गर्न लगाएको छ । महामारीको समयमा जिल्लाका विभिन्न स्थानमा रहेका पसलहरुको छड्ने अनुगमन गर्दा उपभोक्ताले गुनासो गरे अनुसार म्याद गुज्रिएका बस्तु फेला परेपछि तत्काललाई विक्रि वितरणमा रोक लगाइएको हो ।
कोरोना भाइरस (कोभिड–१९) ले देश संटकमा रहेको अवस्थामा भोजपुरमा अखाद्य बस्तुको विक्री वितरण गर्ने पसलहरुको सामान विक्री वितरणमा तत्काललाई रोक लगाइएको हो । प्रशासनले सदरमुकामसंगै आसपासका क्षेत्रका २२ भन्दा बढी पसल सञ्चालनमा रोक लगाएको हो । ग्रामिण भेगमा बढी मात्रामा सामान विक्री गर्ने भोजपुरको दावा बलौटेमा रहेको लक्ष्मी किराना पसल, यमुना स्टोर, कान्तिपुर किराना पसल, विद्याधारी किराना, कुमकुम स्वीट हाउस लगायत गरी २२ वटा पसलहरुको विक्रीमा रोक लगाएको हो । विक्रिका लागि राखिएका चामल, दाल, तेल, लगायत सामग्रीमा उपभोग्य मिति, उत्पादन मिति फेला नपरेपछि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताए ।  । उनले भने -, ‘मिति सकिएका सामनहरु लकडाउनलाई उपयोग गरेर व्यापरीले वेच्न थालेकोको गुनासो आएपछि हामीले अनुगमनलाई त्रिवता दिएका छौ । हामी कसैलाई छोड्दैनौ ।

IMG_6371
पछिल्लो समयमा लकडाउनको मौका छोप्दै उपभोक्ताहरु ठग्ने प्रवृतिबढेसंगै प्रशासनले निग्रानी बढाएको छ । यो अवधीमा सदरमुकामसंगै आसपासका क्षेत्रहरु सुन्तले, दावाको बलौटेमा रहेका पसलबाट करिब ६५ हजार बरावरको खाद्य सामग्री नष्ट गरिएको अनुगमन समितिले जनाएको छ । कानुन विपरित अखाद्य बस्तु विक्री गर्ने पसललाई कानुनी दायरा ल्याईने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले जनाएको छ । म्याद गुज्रिएको विक्री गरेमा ५० हजारसम्म जरीवाना र ५ वर्ष सम्म जेल हुन सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कार्यालय धनकुटाका शिवशंकर मिश्रले बताए ।  । उनले भने -, ‘अनुगमनलाई तिब्रता दिएको छौ, सर्वसाधारणको स्वास्थ्यको लागि समेत मध्यनजर गरेका छौ ।’
बन्द भएका पसलका सञ्चालकहरुलाई स्पष्टिकरण सहित जिल्ला प्रशासन कार्यालयमा छलफलको लागि वोलाइने जनाएको छ । व्यापारीहरुले सदरमुकाम क्षेत्रमा फेला परेका म्याद गुज्रिएका सामग्री बद्नियत साथ दुर्गम क्षेत्रमा पठाउने गरेको समेत तथ्य फेला परेको छ । निरन्तर म्याद गुजिएका सामग्री विक्री गरिरहेका व्यापारीहरुले अनुगमनमा फेला परेपछि भने तलबाट आउने कोदामले नै म्याद गुज्रिएको सामग्री पठाई दिने भन्दै पन्सिने गरेका छन् ।

IMG_6382