इटहरीः लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय पोखरी बजारले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि चैनपुर नगरपालिकाले स्थापना गरेको कोषमा नगद जम्मा गरेको छ ।संस्थाका प्रमुख सुमन घिसिङले कोषमा १० हजारको चेक चैनपुर नगर प्रमुख भरत खत्रीलाई हस्तान्तरण गरिएको जनाएका छन् ।