इटहरी / ३ पटक म्याद थप गरिसकेका सिजन गुरूङ उपर गम्भिर अनुसन्धान भइरहेकाे र समय नपुगेकाे बताइरहेकाे इटहरी प्रहरीले शुक्रवार सिजन गुरूङ छुटेकाे खबर प्रदेश पाेर्टललाइ दियाे । कारण बुझ्दा गुरूङलाइ हतियार बनाएर प्रदेश एक काँग्रेसले संसदमा बार्गनेनिङ गरेकाे थाहा भएकाे छ ।
गुण्डागर्दी अाराेपमा जेठ ११ गते पक्राउ परेका गुरूङलाइ शुक्रवार जिल्ला प्रशासन कार्यालय सुनसरीले सामान्य धलाैटीमा छाडिदिएकाे छ । उनि पक्राउ परेलगत्तै नेपाली काँग्रेस अान्दाेलनमा थियाे । काँग्रेसकाे भनाइ थियाे 'सत्ता र शक्तिकाे दुरूपयाेग गर्दै समाजसेवी येवा नेतालाइ फसाउँने काम भयाे ।'
विभिन्न चरणमा अान्दाेलन गर्दै अाएकाे पाटिले अन्ततः संसद अवरूद्द समेत पार्याे । पुनः भाेली शनिवार संघीय सरकारका प्रमुख प्रधानमन्त्री केपी अाेलीले प्रदेश एककाे संसदमा सम्बाेधन गर्ने कार्यक्रममा रहेकाे थियाे । पक्राउ परेका सिजनलाइ पटक पटक म्याद थप गरिएकाे भन्दै प्रधानमन्त्रिकाे सम्बाेधन कार्यक्रमलाइ अवराेध पुर्याउने कांग्रेसकाे याेजना भए पछि सिजन छुटेका हुन । काँग्रेसका प्रदेश एक संसदका प्रमुख सचेतक केदार कार्कीले सिजनलाइ फसाउन खाेजीएकाे भन्दै संसदमा विराेध गर्ने तयारी भएकाे बताए । उनले सरकारले काँग्रेसका निर्दाेष कार्यकर्तालाइ छानि छानि जेलमा हाल्ने याेजना बनाएकाे भन्दै यसकाे बिराेध सम्मानित संसदबाट जारी राख्ने बताए । कार्की तिनै प्रदेश सांसद हुन, जाे सिजन छुटाउन इटहरीकाे सडकमा भाषण गर्दै प्रहरीलाइ गाली समेत गरेका थिए । उनले इलाका प्रहरी कार्यालयका डिएसपी शिवकुमार श्रेष्ठलाइ विराटनगरमा एक केशकाे पैसा खाएकाे अाराेप सार्वजनिक रूपमै लगाएका थिए ।
शुक्रवार उनकाे भनाइ अाएलगत्तै सिजन छुटि सकेका छन् ।
अब काँग्रेसले भाेलीकाे अाेलीले गर्ने संसदकाे सम्बाेधनलाइ अबरूद्द नगर्ने बुझिएकाे छ । प्रहरी स्राेतकाे जानकारीअनुसार सिजनलाइ सम्पती शुद्दिकरण देखि पुराना मुद्दालाइ ब्युउँताइ मुद्दा बलियाे बनाइ दर्ता गर्ने तयारि थियाे । तर अहिले घटनाले अर्कै माेड लिएकाे छ ।
ति अधिकारी भन्छन् - 'पिएमकाे सम्बाेधनलाइ असर पार्ने गरी काँग्रेसकाे याेजना बने पछि सिजन तत्कालकालागि मात्र छुटेका हुन, उनि माथि कारवाही अघि बढाउने सम्भावना अझै बाँकि छ ।'