इटहरी: समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन्।
नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी हुन्।
गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी थिइन्।
सभामुख सापकोटाले बैठकमा गिरीलाई बोल्न दिन खोजेका थिए। तर सांसदहरूले होहल्ला गरेका थिए। होहल्लापछि सभामुखले रुलिङबारे जानकारी गराएका थिए।
समाजवादी पार्टीले सांसदहरूलाई संविधान संशोधनको पक्षमा उभिन ह्विप जारी गरेको छ। तर उनले ह्विप नमान्ने बताइसकेकी छिन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved