इटहरी:इटहरी उपमहानगरपालिकाले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ ।

गाईपालन जोनका रुपमा निर्धारित १,२ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । विहान इटहरी २ का २५ जना कृषकलाई प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गरेका थिए ।

यसअघिनै अन्य १ र २० दुई वडाका पचास जना कृषकलाई गाई वितरण गरिसकिएको छ । इटहरीलाई कृर्षिमा आत्मनिर्भर वनाउने अभियान अन्र्तगत कोरली गाई वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । उनले भनिन् “हामीले चुनावको बेला भनेका थियौं कम्तिमा इटहरीलाई माछा, दुध र तरकारीमा आतमनिर्भर गराउँछौं, सोही बमोजिम यि गाईहरु वितरण गरेका छौं ।”
कार्यक्रममा २ नम्बर अध्यक्ष हर्क बहादुर मगरले कृषिमा आत्मनिर्भर बनाउन थप टेवा पुग्ने बताउँदै, यो वर्ष नपाउने कृषकले अर्काे बर्ष पाउने बताए ।

कोरली गाई वितरण गरिएका ७५ जना कृषकलाई गाईपालक कृषक वनाउने र यो अभियानलाई निरन्तरता दिएर इटहरीलाई दुधमा आत्मनिर्भर वनाउने उपमेयर गौतमले वताइन् । कृषकले कोरली गाई पाएपछि खुशी ब्यक्त गरेका छन् ।

इटहरी २ की यशोदा दाहालले भन् “किन्न सक्ने अवस्था थिएन उपमहानगरले कोरली गाई प्रदान गरेको छ खुशी लागेको छ । उपमहानगरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।” इटहरी २ की अनिल कुमारी राईले उपमहानगरले प्रदान गरेको गाईपालन गरेर आर्यआर्जन गर्न सकिने आशा पलाएको वताइन् । कृषकलाई वितरण गरिएका कोरली गाई ७ बर्ष सम्म बिक्रि गर्न नपाईने उपमेयर गौतमले जानकारी दिइन् ।