गत साता ४ सय ५० जना अवैध बाटो हुँदै कुवेत पुगेका घरेलु महिला कामदार नेपाल फर्किएका छन् । कुवेतबाट फर्किएका महिलाहरू प्रायः भारतको दिल्ली विमानस्थल हुँदै कुवेत रोजगारीका लागि गएको बताउँछन् । कुवेतबाट २ चरणमा फर्किएका महिला कामदारहरूले कुवेत नेपाली महिला बेच्ने गोदाम नै रहेको नेपाल प्रहरीसँग त्रिभुवन विमानस्थलमा बताउँदै गाडीमा चढेका थिए ।
कतिपय महिलाले एजेन्ट र म्यानपावर कम्नीको नामसमेत बताइरहेका थिए । उद्धारमा खटिएका सेना प्रहरीले भने सम्बन्धित निकायमा उजुरी गर्नू भन्दै उनीहरूलाई विमानस्थलमै सुझाव दिएर पठाए ।नेपालबाट एजेन्ट र म्यानपावर कम्पनीले विदेशी तस्करसँग मिलेर नेपाली महिलालाई कुवेत पु¥याएर बेच्ने गरेको उनीहरूले विमानस्थल प्रहरीसँग पीडा पोख्दै थिए ।
कुवेतमा नेपाली महिलाहरूलाई रोजगारी दिलाउने नाममा बेच्ने गोदाम नै छ । उक्त गोदाममार्फत नै आफू पनि बेचिएको ताप्लेगजुङकी लीला लिम्बू ९नाम परिवर्तन० खुलासा गरिन् । उनका अनुसार कुवेतमा नेपाली महिलालाई भेडाबाख्राजस्तै गरी मोलमालाइ गरेरै बेचिने गरिन्छ । यस्तो मोलमोलाइ गरेर बेच्ने गरेको आफनै आँखाले देखेको र भोगेको उनको अनुभव छ ।
‘कुवेतमा विदेशी महिला बेच्नबिखन गर्न रोजगार केन्द्र छन् । कपडा गोदाम, सिलाइबुनाइ गर्ने स्थान, ब्युटीपार्लर, होस्टेल, नुन पोको पार्ने कम्पनीमा विदेशी महिलालाई लगेर राखिन्छ र त्यहाँबाटै कुवेत, इरान, इराक, ओमान र बहाइनसम्म घरेलु कामका लागि सप्लाई गर्ने गर्छन्,’ लीलाले भनिन, ‘कुवेतमा करिब १५ हजारभन्दा बढी नेपाली महिलाहरू घरेलु कामका लागि पु¥याइएको छ । उनीहरू सबै एजेन्टमार्फत नै गएका हुन् । यी महिला प्रायस् मोलमोलाइमै बेचिएका हुन् । यसरी बेचिएका महिलासँग कुनै पनि कागजपत्र हुँदैन ।’
लीला गत शुक्रबार कुवेतबाट नेपाल फर्किएकी हुन् । उनी ५ वर्ष ७ महिना कुवेत बसेर आएकी हुन् ।उनलाई झापाका पाण्डव लिम्बू भन्ने पदम योङहाङले क्लिनरमा भनेर कुवेत पठाएका थिए । तर, उनी घरेलु काममा परेको बताँउछिन् ।
गत साता कुवेतबाट फर्किएकी काभ्रेकी संगीता राय ९नाम परिवर्तन० लाई पनि एजेन्टले झुक्याएर कुवेत पठाएको थियो । रायलाई दिल्ली हुँदै रोजगारीका लागि यूएई पठाउने भनेर एजेन्टले कुवेत पु¥याएको जानकारी दिइन् ।
संगीताका अनुसार कुवेतमा नेपाली महिलाले कुकुरले नपाएको दुःख पाएका छन् । कतिपय महिला जिउँदो लास भएर काम गरिरहेको रायले बताइन् । उनले भनिन्, ‘कुवेतका मुख्य शहरमा धेरै जब सेन्टर छन् । ती जब सेन्टरमा नेपाली महिलालाई रोजगारीका लागि पु¥याइन्छ । त्यहाँबाट निश्चित रकममा घरेलु कामका लागि बेचिने गरेको छ ।’
’कुवेतबाट खाडीका अन्य देशमा समेत नेपाली महिलालाई घरेलु कामका लागि बेचिन्छ,’ संगीताले भनिन्, ‘प्रायस् श्रीमती नभएका पुरुषले घरेलु कामका लागि जब सेन्टरबाट महिला कामदार लैजाने गर्छन् । जब सेन्टरमा आएका पुरुषले महिलाको शारीरिक बनोट हेरेर, रोजेर लैजान्छन् । जब सेन्टरले घरेलु कामका लागि प्रतिमहिला ९ सय दिनारसम्म लिने गरेका छन् ।’
संगीताका अनुसार नेपाली महिला कुवेत पु¥याएबापत नेपाली एन्जेटले दोहोरो पैसा कमाउने गरेका छन् । नेपालबाट रोजगारीमा जाने महिला कामदारसँग र कुवेतको जब सेन्टरबाट पैसा लिने गरेको उनले जानकारी दिइन् । उनले भनिन्, ’कुवेतमा घरेलु हिंसामा परेँ भनेर नेपाली दूतावासमा फोन गर्दा बेवास्ता गरिन्छ । मलाई राजेश क्षत्री भन्ने एजेन्टले ८० हजार रुपैयाँ लिएर कुवेत पठाएको हो ।’
मासिक २ सय महिलाको तस्करी
नेपालबाट भारत हुँदै २ सयभन्दा धेरै महिला कुवेतमा घरेलु कामका लागि तस्करी हुने गरेको कुवेतबाट फकिर्एका महिलाहरूले नै बताएका छन् । भारतको मुख्य शहर दिल्ली र मुम्बईहुँदै नेपाली महिलाको तस्करी हुने गरेको उनीहरूले बताएका छन् ।
काभ्रेकी सानुमाया तामाङ ९नाम परिवर्तन० का अनुसार कुवेती नागरिकले नेपाली महिलालाई घरेलु कामका लागि लिन रुचाउँछन् । नेपाली महिला पूर्ण रूपमा आफ्नो नियन्त्रणमा बस्ने गरेका कारण पनि कुवेती नागरिकको रोजाइमा पर्ने गरेको तामाङले बताइन् ।
‘खाडीका देशमा घरेलु काममा परेका महिला शारीरिक शोषणमा पर्ने गरेका छन् । घरेलु काममा परेका महिला कामदारलाई घर मालिकले बाहिर निस्कन दिँदैन । कुवेतमा त झन् विदेशी महिलालाई मान्छे नै ठान्दैनन् । जे मन लाग्यो, त्यही गर्छन्,’ उनले भनिन्, ‘मजस्ता धेरै महिला कुवेतमा बेचिएका छन् । भारत हुँदै मासिक २ सयभन्दा धेरै नेपाली महिला कुवेतमा तस्करी भइरहेका छन् । मजस्ता तस्करीमा परेका महिलालाई सरकारले क्षतिपूर्ति र नेपालमै सीपमूलक तालिम दिनुपर्छ ।’ दिल्ली हुँदै ५ वर्षअघि ४० जना एउटै विमानमा कुवेत पुगेको उनले बताइन् ।
सरकारले २०७२ सालपछि महिलालाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको छ । गत भदौ महिनामा घरेलु कामका लागि खाडीका देश र मलेसिया गएका महिला कामदारका हकमा घर फर्कन खुलाएको थियो । खाडीका देश, मलेसिया, मध्यपूर्वी देशमा करिब २ लाख नेपाली महिला घरेलु कामका लागि एजेन्टमार्फत पुगेको सरकारी अनुमान छ ।
सरकारले अनुमान गरेका महिला कामदारहरू कागजातविना सम्बन्धित देशमै बसिरहेका छन् । घरेलु कामका लागि कुवेत पुगेका ३ सय महिला श्रमिक गत बिहीबार मात्र स्वदेश फर्किएका छन् । शुक्रबार ७ जना बालबालिकासहित १ सय ४९ जना कुवेतमा आममाफी प्रक्रियामा सहभागी नेपालीहरू घर फर्किन तयारी अवस्थामा छन् । जसमा ४ सय ४९ जना बिहीबार र शुक्रबार नेपाल फर्किएका छन् । अब आममाफी पाएका २ हजार ५ जना नेपाली महिला कामदार घर फिर्ती सेन्टरमा नेपाल फर्कन प्रतीक्षारत छन् । शिलापत्रबाट