इटहरीः प्रदेश नम्बर १ सरकारले आगमी आर्थिक बर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । कुल विनियोजन मध्ये चालु खर्च तर्फ १८ अर्ब ९३ करोड ४० लाख ९३ हजार विनियोजन गरिएको छ । पुजीगत खर्च तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार विनियोजन गरिएको छ । त्यसैगरि वित्तिय व्यवस्थापन तर्फ ४ करोड रुपियाँ विनियोजन गरिएको छ । आज प्रदेश संसदमा अर्थमन्त्री इन्द्र आङ्बो मौसमले बजेट प्रस्तुत गर्दै अन्तर सरकारी वित्तिय हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनोजन गरेको जनाएका छन् ।
आगामी आर्थिक बर्षका लागि खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ कारेड ५४ लाख र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख बेहोर्ने अर्थमन्त्रीले ल्याएको प्रदेश बजेटमा उल्लेख गरिएको छ ।