बराहक्षेत्र :सुनसरीको वराहक्षेत्रमा स्थानिय युवाहरुले बिकासका काममा ढिलासुस्ती र असारे बिकास गरेको भन्दै जनप्रतिनिधिहरुको नाममा सडकमै कृतिम फुट बाटिका बनाएर बिरोध जनाएका छन् । बराहक्षेत्र नगरपालिकाले आ.व. २०७६÷०७७ मा बिनियोजन गरेको बजेट ९० लाख ७१ हजार ६४० बाट बराहक्षेत्र ७ को बेलगाछी देखि सोमबारे सम्म निर्माण गर्ने भनिएको कालोपत्रे सडक असारमा सुरु गरि असारे बिकासलाई प्राथमिकता दिइएको
भन्दै स्थानीयले सो कदमको आलोचना गरेका हुन्।

बेलगाछी देखि सोमबारे सम्मको एक किमि सडक खण्ड कालोपत्रे गर्नको लागि एक महिना अगि देखि खनिएको बाटो अहिले धान रोप्न मिल्ने जतिकै हिलाम्मे भएकोले स्थानीयबासीले बाटोमै बृक्षारोपण गरेका हुन्। कालोपट्टी सहित जनप्रतिनिधिको सांकेतिक बिरोधमा उत्रिएका युवाहरुले बाटोभरी बिरुवा रोपी,कि बाटो बनाउ, कि सबै जनतालाई गम्बुट देउ, आउनुस जनप्रतिनिधि बाटोमा रोपेको बिरुवामा पानी हाल्नुस, जनप्रतिनिधि बाटिका वडा नम्बर ७, पुर्व तयारी बिना किन बाटो खन्नु भयो, धान रोप्न लगाएतका ब्यङ्ग्यात्मक प्लेकार्ड बिरुवामा लगाएर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन।
स्थानीय मध्येका एक मनिस भट्टराईका अनुसार बिगत एक महिना देखि बाटो हिलाम्मे भएको हुँदा उनीहरुलाई हिड्न पनि समस्या भएको छ। उनी भन्छ्न, एक महिना भैसक्यो बाटो खनेर छोडिदेको छ, यो लापरबाही भयो यसमा हामी ध्यानाकर्षण गराउदछौ।
बराहक्षेत्र ७ को चक्रघट्टी सोमबारे हुँदै चतरा जोड्ने सडक खण्डको उक्त एक किमि बाटो सप्तरीको मनिशा कन्स्ट्रक्सनले ठेक्का पाएको बराहक्षेत्र ७ का वडाअध्यक्ष वीर बहादुर लिम्बुले बताए। उनका अनुसार नगरपालिकाको उक्त बजेटमा सम्पन्न हुने पर्ने सो बाटो कालोपत्रे गरिसक्नु पर्ने म्याद असार मसान्तसम्म सकिने छ।
ठेकेदार कम्पनीले अहिले खोलामा गिटि, बालुवा उत्खनन गर्न नमिल्ने भन्दै बाटोको काम अलपत्र परेको वडाअध्यक्ष लिम्बुले जनाएका छन। केही समयपछि नै ठेकेदार कम्पनी सँग समन्वय गरि काम शीग्र अगाडि बढाइने उनको भनाइ छ।

baraha 12 baraha 11