बराहक्षेत्रः १ नम्बर प्रदेश सरकारले आ.ब. २०७६/०७७ मा उपलब्ध गराएको १० लाख बजेटवाट वराहक्षेत्र नगरपालिका वडा नं २ को जब्दी स्थित गहने खोला देखि १७ आर. डि. स्थित कृषि सडक जोड्ने भित्रिवाटोमा ग्रावेल निर्माण भइरहेको छ । जेठ १८ गते निर्माण उपभोक्ता समिति गठन भएता पनि काम भन्ने असार १ गते खोला बन्द भए पछि मात्र सुरु गरे पछि स्थानियवासीहरुले साम्रागी खरिदमा योजनाबद्व रुपमै मूल्य बढाएकोमा शका ब्यक्त गरेका छन् ।
करिव १ सय ५० टिफर मिस गिटि लगाउने योजना गरिएको बाटोमा जेठ मसान्तको दिन सम्म खोलावाट सिधै ल्याउदा प्रति टिफर ढुवानी सहित औषतमा (व्यबसायिहरु बुझ्दा) करिव ५हजार मूल्य पर्न जान्थियो भने अहिले चलन चल्तिको मुल्यमा भण्डारण गरिएको मिक्स गिटि ढुवानी सहित प्रति टिफर ८ हजार पर्न जान्छ । त्यसकारण पनि स्थानियहरुले गिटि व्यबसायीसंग निर्माण समितिको मिलेमतो भएको आशंका गरेका हुन् । काम ढिलाइ भएका कारण १ सय ५० टिफर मिस्स गिटि लगाउदा करिब ४ लाख भन्दा बढि भण्डारण गरेको गिटि प्रयोग गर्दा लाग्छ ।
त्यसकारण स्थानीयहरुले प्रक्रिया माथी आपत्ति जनाएका छन। खोलामा गिट्टी, बालुवा बन्द भएपछि पनि नियतबस परम्परागत असारे बिकासलाई जोड दिइएको उनीहरुको भनाइ छ।
एक स्थानीयले बताए अनुसार समिती गठन भएको दुई हप्तापछी काम सुरु भएकाले उनीहरुले ञकिनझ भनी प्रश्न गर्न बाध्य भएका हुन। उनले भने, यो वर्षा याममा खोलामा गिट्टी, बालुवा पनि बन्द भएकाले स्टक रहेको सामाग्री प्रयोग गर्नुपर्ने हुदा मंहगो हुन्छ। समितिलाई सुझाव दिने उद्देश्यले उनले प्रश्न गरे, सस्तोमा हुने काम मंहगोमा हुन लाग्दा कतै गिट्टी ब्यापारी सँग समितिको मिलेमतो भएर काम ढिलो भएको त हैन ?
गत जेठ १८ गते स्थानीय बिकास गौतमको अध्यक्षतामा गहने खोलादेखि बिष्ट कान्छाको घरसम्मको ग्राबेल बाटो निर्माण उपभोक्ता समिति गठन भएको थियो। स्थानीयहरुको प्रश्नमा समितिका अध्यक्ष गौतमले निर्माण कार्य प्रक्रियागत रुपमा ढिलो भएको बताएका छन। उनका अनुसार प्रकियागतै ढिलो भएको हुदा सामाग्री खरिदमा अलि मंहगो भए पनि काम गुणस्तरीय हुने छ।
झण्डै डेड किमि लम्बाइ र २० फिट चौडाइ रहेको सो बाटोमा रोलिङ, ग्रेडर गर्ने उपभोक्ता समितीले जानकारी दिएको छ। आफू पनि यसै ठाउको स्थानीय भएको हुदा प्रदेश सरकारको नम्स अनुसारकै बाटो बनाएर गुणस्तरमा सम्झौता नगर्ने समितिका अध्यक्ष गौतमले प्रष्ट पारेका छन।