इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी आफैं गएर शिलान्यास गरेको भवन निमार्णमा विवाद उत्पन्न भएको छ । १५ दिन अगाडी शिलान्यास गरेको भवनमा अहिले सम्म निमार्णको काम अघि बढ्न सकेको छैन । इटहरी वडा नम्बर १० मा बन्न लागेको गायक जेबी टुहुरेको नाममा जेवि टुहुरे फाउण्डेशनको भवनमा सोही वडाका वडा अध्यक्ष प्रकाश चौधरीले आफु र वडावासीसंग छलफल नै नगरि मेयरले एकलौटी कार्य गरेको जनाउँदै भवन निमार्णमा अवरोध सृजना गरिरहेका हुन् ।
स्वयम् वडा अध्यक्ष, मेयर द्वारिकलाल चौधरी लगायत इटहरी उपमहानगरपालिकाकाको कार्यपालिका बैठकले जेबि टुहुरे फाउण्डेशनलाई १० कट्ठा जग्गा भोगाधिकार दिएपछि फाउण्डेशनको भवन निर्माण कार्यको शिलान्यास मेयर चौधरीले गत जेठ २४ गते गरेका थिए । शिलान्यास भएकै दिन वडा अध्यक्ष चौधरीले स्थानीय जनताहरु सगँ कुनै छलफल नै नगरि शिलान्यास गरेको भन्दै केही स्थानीय र वडा अध्यक्ष चौधरी शिलान्यास कार्यक्रममा भहभागी समेत भएका थिएनन् ।
हरेक निमार्ण कार्यमा जनप्रतिनिधिको सहभागिता रहनु पर्ने ब्यबस्था भएकाले सोही वडाका वडा सदस्य राम नारायण चौधरीको रोहबरमा निमार्ण समिति समेत गठन गरिएको छ । तर वडा सदस्य निमार्ण समिति रहेको निमार्ण कार्यमा वडा अध्यक्षले विकास निमार्ण कार्य रोक्दा अहिले भवन निमार्ण समिति के गर्ने भन्ने बारे अन्योल रहेको समितिका संयोजक होमनाथ धमला बताउँछन् । उनले भने ‘हामीले अध्यक्ष चौधरी सगँ पलिका भित्र, निमार्ण स्थलमा पटकपटक वार्ता गर्दा चौधरीले आफ्नो चित्त नबुझेको कुरा नभनि स्थानीय सगँ बसेर छलफल गर्नु भन्दै पन्छिन खोजेको बताए ।’
भवन निमार्ण अनुगमन समितिका संयोजक राजन पराजुलीले स्थानीय करिब ९० प्रतिशत भवन निमार्ण हुनु पर्छ भन्ने विचारमा रहेका बेला वडा अध्यक्षले केही एक समुह बोकेर राजनितिक प्रतिरोध खडा गरी उक्त कार्य रोक्न खोजेको बताए ।
पराजुलीले भने यो खोला किनारको जग्गामा यति ठुलो विकास हुन लागेको बेला अध्यक्ष आफैं खुलेर सहयोग गर्नु पर्नेमा आफैंले एक समुह खडा गरी विकास विरोधमा लागेको उनले आरोप लगाए । प्रदेश १ सरकारले चालू आर्थिक वर्ष ७६÷७७ मा जेबि टुहुरे फाउन्डेशनको भवन निर्माणका लागि ४० लाख बजेट विनियोजन गरेको थियो । यस्तै इटहरीले उपमहानगले ८ लाख दिने बताएको छ । यदि यो रकम खर्च नभए फ्रिज हुन सक्ने भन्दै निमार्ण समितिका संयोजक धमलाले चिन्ता ब्यक्त गरे ।
यता वडा अध्यक्ष चौधरीले फाउण्डेशनको भवन निर्माण भएको स्थानमा सामुदायिक वन रहेको र सो वनमा लोपोन्मुख प्रजातिका सिमल लगायत रुख बिरुवा संरक्षित रहेकोमा भवन निर्माणको नाममा वन क्षेत्र अतिक्रमण त हुदैन भन्ने चिन्ता आफू र स्थानिय बासिहरुमा रहेको बताउँदैं आफुं बिकास विरोधि नभएको बताए । उनले भने मेयर चौधरीले एकलौटि काम गर्न खोजको बताउँदै उक्त भवनको निमार्णको विषयमा के गर्ने भन्ने बारे छलफल भईरहेको बताए ।