बेलबारीः बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७७÷०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट बिनियोजन गरेको छ । छैटौ नगर अधिबेशनबाट नगरपालिकाले कुल बजेटको चालु कार्यक्रम र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय ६० रुपैया र पुँजीगत खर्चतर्फ ४० करोड ४ लाख १६ हजार ८ सय ५ रुपैया बिनियोजन गरेको हो । 
नगर अधिबेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख एवम् बजेट योजना तर्जुमा समितिकि संयोजक ढाका कुमारी (तारा)पराजुलीले नगरका गौरवका केहि आयोजनाहरुलाई निरन्तरता दिएको बताइन् । 
बजेट प्रस्तोता पराजुलीका अनुसार नगरपालिकाले ठूला योजनाका रुपमा केही योजनाहरुलाई लिएको छ । गरिवसँग नगरपालिकालाई निरन्तरता दिदै विपन्न परिवारलाई खाद्य सुरक्षा अन्तर्गत राहत सहयोग तथा सिप क्षमता र सामान्य पुँजीको अभावमा जिविको पार्जन गर्न कठिन भएका ब्याक्ति वा समुहरुलाई उद्यमशिलतामा अग्रसर गराउनका लागि १ करोड ९६ लाख ५० हजार रुपैया बिनियोजन गरीएको छ । 
कोरोनाका कारण बैदेशिक रोजगारीबाट फर्केका ब्याबसायिक सीप र क्षमता भएर पनि ब्यवसायिक उद्यममा नलागेका स्थानिय युवाहरुलाई आफनै भुभिमा परिश्रम र सहकार्य गराउदै युवाहरुलाई स्वरोजगार बनाउनका लागि १ करोड रकम बिनियोजन गरीएको छ । 

105484905_599739924078877_4076277179079557552_n
बायेर बोकाको स्रोत केन्द्र बिस्तार गर्नका लागि १ करोड २५ लाख बिनियोजन गरेको छ । नगरपालिकाले ३ महिना भन्दा बढि समय खान नपुग्ने अति विपन्न परिवारका लागि खाध्य सुरक्षा विपत सहजताका लागि १ करोडको छुटै ब्यबस्था गरेको छ । एक वडा एक उत्पादनलाई साकार तुल्याउन प्रत्येक वडाले न्यूनतम ५ लाख रुपैयाँ र वडाले नै फलफुल उत्पादनमा आत्मनिर्भर बनाउन २ लाख रुपैयाँको बजेट नगरसभावाट विनियोजन गरिएको छ । 
कृषिलाई आधुनिकरण र ब्यवसायिकरण गर्न प्रोत्सान गर्दै नमुना कृषि फर्म संचालन गर्ने, चाक्लाबन्दि खेतीगर्ने, बाझो जग्गा राख्न नपाइने समेत नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ । पशु स्वास्थ्य लाई प्रभावकारी बनाउनका लागि २२ जनालााई पशु प्राविधिक बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ । 
नगरपालिकाले आफ्नो गौरवकै आयोजनाका रुपमा लिभ्रा कम्पनिसँगको सहकार्यमा फोहोरमैला ब्यबस्थापन, २४ करोडको लागतमा बेलबारी कम्पेल्कस, रैझार पुल ,अमना सिसौली परियोजना, बेलबारी बहुमुखि क्याम्पस, रमिते पर्यटकीय क्षेत्र,उज्यालो बेलबारी कार्यक्रम, धनपालगढि, नगरपालिकाको भवन, सौर्य उर्जा कार्यक्रमलाई लिएको छ ।
समुह तथा सहकारीसँगको सहकार्यमा फलफुलका विरुवा उत्पादन गर्न नर्सरी स्थपना गर्ने नगरसभा प्रस्तुत भएको निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । निति तथा कार्यक्रममा टिस्युकल्चर ल्यावको स्थपना गरी स्वस्थ बिरुवा उत्पादन गर्ने समेत उल्लेख गरीएको छ । 
स्थानिय मौलिक खानाका प्रजातिहरुलाई उत्पादन प्रबर्धन तथा बजारीकरण र ब्रान्डिङ गर्न पहल गर्ने उल्लेख गरीएको छ । फुल खेतिलाई समेत प्राथमिकता दिइएको छ । औपचारीक तथा अनौपचारीक कार्यक्रममा फुलको प्रयोग गर्दै आयातित खदा तथा मालालाई बिस्थापित गर्ने जनाइएको छ । 
सस्कृति तथा पर्यटन तर्फ धनपालगढि, रमिते, अमना शिशौली लाई पर्यकीय क्षेत्रको रुपमा विकास गर्न निरन्तारता दिएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठान गठन तथा संचालन गरी कला सस्कृति संरक्ष्ण तथा प्रबर्धनमा जोड दिने भएको छ । । 
त्यसैगरि बेलबारी नगरपालिकाले सामाजिक बिकास (शिक्षा) तर्फ स्थानिय भाषाको संरक्षण र उत्थान गर्न आदिवासि जनजातिलाई सम्मान गर्दै धिमाल,थारु,चौधरी,राजवसीं,खवास लगायततका अन्य जातिको स्थानिय भाषामा अध्यापन गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । प्रथम जाति, दलित,आदिवासि जनजाति,तथा विपन्न बर्गलाई शिक्षामा पँहुच पुर्याउनका लागि छात्रबृतिको ब्यबस्थापन गर्ने , सुन्दर र हरित बेलबारीको अबधारणा सहित हरित बिद्यालय निर्माणका लागि एक बिद्यार्थी एक विरुवा अभियान संचालन गरीने छ ।

104620240_310057283359966_6802503947668768117_n

सामुदायिक बिद्यालयमा अध्यनरत उत्पिडित असाहय सिमानत्कृत आर्थीक अबस्था कमजोर भएका अलप्सख्यक तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति कोषको ब्यबस्थापन गर्दै दलित, मुसर,डोम,चमार,मुसलमान,आदि जातिका गरिव बिद्यार्थीहरुलाई गरिवसँग नगरपालिका कार्यक्रममा आबद्ध गराइने निति तथा कायक्रममा उल्लेख गरीएको छ । आगामी बर्षको अन्तसम्मा पुर्ण साक्षर नगरपालिका घोष्णा गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।बाल बिकास केन्द्रमा शिक्षण गराउने बालशिक्षिकाहरुलाई शिक्षणमा उत्प्रेरीत गर्न पोसाक भत्तालाई निरन्तरता दिदै खाजा भत्ताको समेत ब्यबस्थापन गरी बिद्यालय कर्मचारीहरुलाई पोसाक भत्ताको ब्यबस्थापन गरिने छ । समुह सुरपरिबेक्षण तथा विज्ञबाट २ महनिामा १ पटक बिद्यालय र शिक्षाको कक्षाको अबलोकन गर्ने नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा जनाइएको छ । एउटा छुटै स्थानिय पाठ्यक्रमको निर्माण गरी आगामि शैक्षिक सत्रदेखी लागु गरीने समेत निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । 

युवा तथा खेलकुद तर्फ नगरपालिकाले खेल क्षेत्रलाई आकर्षीत गर्न वडा नगर स्तरीय मेयरकप फुटवललाई निरन्तरता दिदै वडास्तरीय उपमेयरकप संचालन गर्दै एक वडा एक आकर्षक खेल मैदानको नितिअनुरुप हरेक वडालाई खेलकुद जोन तोकिने नगरशभामा बताइएको छ । नगरस्तरीय राष्ट्रिय मापदन्डको रगशाला निर्माण गर्ने कार्यलाई जोड दिदै ाहिला हरुलाई आत्मसुरक्षा गर्न र आत्मविश्वास बढाउन कक्षा ८ देखी १२ सम्म छात्राहरुलाई खेलकुदका माध्यमवाट किसोरी आत्म सुरक्षा कार्यक्रम लागुगरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । युवा बैदेशिक मानसिक्ता पलायनका लागि १ वडा १० युवा एक उद्यम कार्यक्रम संचालन गर्न अवश्यक प्रकृया तथा कानुनी आधार तयार गर्ने समेत जनाइएको छ । 
जनस्वास्थ्य कोभिड १९ को रोकथाम नियन्त्रणका लागि नगरपालिकाले स्थानिय राजनैतिक दल निजि क्षेत्र सुरक्षा निकाय उद्योग वाणिज्यसंघ लगायत अन्य सरोकारवालाहरु लगायत प्रदेश र सघिय सरकारसँग समन्बय गरी सवै प्रकारका उपयुक्त उपायाहरु अबलब्न गर्दै होल्डीङ एरियालाई समेत ब्यबस्थित बनाइने उपमेयर पराजुलीद्धारा सार्वजनिक गरिएको नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।